आईतवार, श्रावण १८,२०८२ 08:04:42
  • आईतवार, श्रावण १८,२०८२ 08:04:42
Global IME Bank Limited

वर्षातको मौसममा कसरी राख्ने ईभीको ख्याल ? यस्ता छन् तरिका

Hyundai Nepal
वर्षातको मौसममा कसरी राख्ने ईभीको ख्याल ? यस्ता छन् तरिका
Shivam Cement

काठमाण्डौ । वर्षातको मौसम सवारी साधनहरुका लागि चुनौतीपूर्ण हुने गर्छ । यो मौसममा अझ विशेष गरेर विद्युतीय(ईभी)सवारी साधनका लागि बढी चुनौतीपूर्ण हुन्छ । धेरैजसो मानिसहरुमा वर्षातको समयमा ईभी सवारी साधन चलाउनु सुरक्षित हुन्न भन्ने मान्यता रहेको पाइन्छ । तर वास्तवमा यस्तो भने हुँदैन ।  

आधुनिक ईभी कार पूर्ण रुपमा सुरक्षित हुन्छन् र वर्षात होस् वा गर्मी यसलाई निर्धक्क भएर चलाउन सकिन्छ । आखिर वर्षातको समयमा ईभी सवारी साधनको ध्यान कसरी राख्ने त ?

पानीले भरिएको बाटोबाट बच्ने  

वर्षातको समयमा निरन्तर वर्षाका कारण सडकहरु जलमग्न हुने गर्छन् । यस्तोमा सडकको कुन स्थानमा खाल्डो छ भन्ने थाहा हुँदैन । त्यसैले पानी भएको सडकबाट बच्नुपर्छ । ईभी कारहरुको ब्याट्री तथा मोटरलाई पानीबाट बचाउनका लागि राम्रोसँग सिल गरिएको हुन्छ । तर पनि गहिरो पानीबाट ईभीलाई बचाउनु पर्छ ।  

यस्तोमा अन्य वैकल्पिक सडकको प्रयोग गर्न सकिन्छ । यात्रा गर्नेपरे पनि पानीको स्तर थाहा भएपछि मात्रै गर्नुपर्छ र पानी टायरको आधि भागसम्म छ भने मात्रै यस्तो सडकमा गाडी चलाउनु पर्छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

पानी परिरहेको स्थानमा पार्किङ नगर्ने  

ईभी सवारी साधनलाई वर्षा भईरहेको स्थानमा पार्किङ नगर्ने प्रयासु गर्नुपर्छ । यस्तोमा ईभीलाई कुनै ग्यारेज वा पानी छेक्ने स्थानमा पार्किङ गर्नुपर्छ । धोरै समयका लागि वर्षातमा ईभी पार्क गर्न सकिन्छ । तर लामो समयका लागि हो भने यस्तो ठाउँमा पार्क गुर्नपर्छ जहाँ पानी नहोस् । यसो गर्दा कार सुरक्षित हुन्छ ।  

टायरको ग्रिप चेक गर्ने  

पानीले भिजेको सडकमा गाडी चिप्लिने सम्भावना अधिक हुन्छ । त्यसैले आफ्नो सवारी साधनको टायरको ग्रीप अवश्य पनि जाँच गर्नुपर्छ । यदि टायर घोटिएको छ भने तुरुन्तै परिवर्तन गर्नुपर्छ । राम्रो ग्रिप भएको टायरले वर्षाको समयमा राम्रो पकड दिन्छ र कार चिप्लिन पाउदैन ।  

ब्रेकको प्रयोग गर्दा सावधानी अपनाउने

कारको ब्रेक सबैभन्दा आवश्यक वस्तुमध्ये एक हो । यसको प्रयोग सही तरिकाले गर्नुपर्छ । पानीले भिजेको सडकमा अचानक ब्रेक लगाउदा गाडी चिप्लिन सक्छ । त्यसैले बिस्तारै–बिस्तारै ब्रेक लगाउनु पर्छ  र अघिको कारबीच केही दुरी कायम राख्नुपर्छ ।  

यसका साथै वर्षातको मौसममा तीव्र रुपमा सवारी चलाउनबाट समेत बच्नुपर्छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.