काठमाण्डौ । ग्लोबल अन प्याक्डपश्चात, सामसुङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेडफोल्ड ७ र जेडफ्लिप ७ अल्ट्रा–स्लिम, हलुका र इन्ट्युटिभ इंटेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गते सम्म प्रि–अर्डर गर्नमिल्ने जनाएको छ।
ग्यालेक्सी जेड फोल्ड ७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्य क्षमता र एआई प्रविधिलाई एक साथ ल्याएको छ। यो डिभाइसले अल्ट्रा–स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने, खोल्ने बित्तिकै ठूलो र इमर्सिभ डिस्प्लेमार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्छ।
ग्यालेक्सी जेडफ्लिप ७ चाहिँ स्मार्ट एआइ फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो।यो स्मार्टफोन सानो भएपनि शक्तिशाली अनुभव दिन सक्षम छ — फ्ल्यागशिप क्यामेरा, एज–टु–एजफ्लेक्स विन्डो, र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउने कम्पनीले जनाएको छ।
सामसुङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स डिभिजन प्रमुख निर्देशक प्रणय रत्न स्थापितले भने,
‘ग्यालेक्सी जेडफोल्ड ७ ले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनःपरिभाषित गरेको छ।ग्यालेक्सी एआइ र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ।’