सोमबार, चैत्र १८,२०८१ 05:15:26
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 05:15:26
IME remit
Global IME Bank Limited

एप्पलले लञ्च गर्यो सस्तो आईफोन, यस्ता छन् फिचर्स र मूल्य

Hyundai Nepal
एप्पलले लञ्च गर्यो सस्तो आईफोन, यस्ता छन् फिचर्स र मूल्य
Nabil Bank Limited

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले यो पटक सेप्टेम्बर अघिनै नयाँ स्मार्टफोन लञ्च गरेको छ । कम्पनीले आईफोन १७ सिरिज अघिनै नयाँ सस्तो आईफोन लञ्च गरेको हो ।  

कम्पनीले बुधबार मुख्य आईफोन मोडलभन्दा सस्तो मूल्य भएको नयाँ आईफोन मोडल घोषणा गरेको छ । १६ई नाम दिइएको यो नयाँ मोडको मूल्य ५९९ डलर रहेको छ । यसको बिक्री भने यही महिनादेखि गर्ने कम्पनीको तयारी रहेको छ ।  

यो नयाँ आईफोन १६ई मा होम बटन र फिङगरप्रिन्ट सेन्सर उपलब्ध छैन । यसको साटो यसमा एप्पल फेस आईडी र स्क्रिनको माथिल्लो भागमा सेन्सर नचसहित आधुनिक डिजाइन दिइएको छ । यसमा एप्पलको ए१८ चिप प्रयोग गरिएको छ । यसको प्रयोग मुख्य आईफोन १६ मोडलहरुमा प्रयोग गरिएको छ ।  

अपडेटेड प्रोसेसरको अर्थ आईफोन १६ईमा महङ्गो आईफोनहरुमा चल्ने सबै एपहरु चल्नेछन् । यो आईफोन कालो र सेता रंगमा उपलब्ध हुनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यो फोनमा एप्पलको पहिलो सेलुलर मोडेम पनि समावेश छ । जसलाई सीवान पनि भनिन्छ । आईफोनमा विगत केही वर्षदेखि क्वालकम मोडेमहरु प्रयोग हुँदै आईरहेको छ ।  

१६ई फोनमा ४८ मेगा पिक्सेलको सिंगल क्यामेरा लन्स रहेको छ । कम्पनीले यसको ब्याट्री पुरै एक दिन चल्ने दाबी गरेको छ । यसमा २६ घण्टाको भिडियो प्लेब्याकको समेत दाबी गरिएको छ ।  

यस्तै यसमा युएसबी टाइप सी पोर्ट दिइएको छ । आईफोन १६ईमा ६.१ इन्चको ओइलईडी डिस्प्ले रहेको छ । यो एप्पल इन्टिलिजेन्स सपोर्टका साथ आउनेछ र यो फोन फाइभजी सपोर्ट ह्याण्सेट हो । यसमा वायरलेस चार्जिङ सपोर्ट पनि प्राप्त हुनेछ । यसका साथै यसमा एप्पलको इमर्जेन्सी एसओएस सर्भिस पनि हुनेछ, जुन सेटेलाइटमा आधारित छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी यसमा भिजुअल इन्टिलिजेन्स फिचर पनि दिइएको छ । जुन आईफोन १६ लाइनअपमा समेत रहेको छ ।  

बिक्री बढाउन एप्पलले पछिल्लोसमय सस्तो फोनहरुमा जोड दिईरहेको छ । गत डिसेम्बर महिनामा एप्पलको समग्र आईफोन बिक्री १ प्रतिशतले घटेको थियो । यद्यपी कम्पनीले एक वर्षको अवधिमा ६९ बिलियन डलरबराबरको आईफोन बिक्री गरेको थियो ।  

नयाँ ग्राहकहरुलाई आईफोनको इको स्टिममा प्रवेश गराउन कम्पनीले कम मूल्य पर्ने आईफोनमा जोड दिईरहेको विज्ञहरुले बताएका छन् ।      

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.