मंगलवार, कार्तिक ३,२०८३ 04:32:56
  • मंगलवार, कार्तिक ३,२०८३ 04:32:56
Global IME Bank Limited

युएसएडबाट सञ्चालित कार्यक्रमहरुको सम्बन्धमा प्रकाशित समाचार र टिप्पणीप्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण

Bizshala
युएसएडबाट सञ्चालित कार्यक्रमहरुको सम्बन्धमा प्रकाशित समाचार र टिप्पणीप्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण
New Office

काठमाण्डौ । अर्थ मन्त्रालयले विगत केही दिनदेखि अमेरिकी सहयोग नियोग (युएसएड)बाट सञ्चालित कार्यक्रमहरुको सम्बन्धमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको । अर्थ मन्त्रालयले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

‘नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ। अमेरिकी सहयोग नियोग(युएसएड)बाट नेपालमा सन् १९५१ देखी निरन्तर रुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ,’ विज्ञप्तीमा भनिएको छ ‘यसैबीच, अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ ।’

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरु डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरु समेत रोकिएको अवस्था रहेको विज्ञप्तीमा जनाइएको छ । डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरुको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको मन्त्रालयले जनाएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.