मंगलवार, कार्तिक ३,२०८३ 05:56:59
  • मंगलवार, कार्तिक ३,२०८३ 05:56:59
Global IME Bank Limited

फोल्डेबल आईफोनको डिटेल्स लिक, कहिलेसम्म होला लञ्च ?

Bizshala
फोल्डेबल आईफोनको डिटेल्स लिक, कहिलेसम्म होला लञ्च ?
New Office

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलको फोल्डिङ फोनसँग सम्बन्धित जानकारीहरु पछिल्लो केही वर्षहरुदेखि विभिन्न मिडियामा आईरहेका छन् । तथापी कम्पनीले अहिलेसम्म आफ्नो फोल्डिङ फोन लञ्च गर्न सकेको छैन ।  

उता प्रतिष्पर्धि कम्पनी सामसुङले भने आफ्नो फोल्डिङ सिरीजको कयौं नयाँ मोडल लञ्च गरिसकेको छ । यस्तोमा फेरि एकपटक एप्पलको फोल्डिङ फोनको जानकारी बाहिरिएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

रिपार्टका अनुसार फोल्ड गर्न मिल्ने आईफोन आगामी वर्ष अर्थात सन् २०२६ मा लञ्च हुनसक्ने सम्भावना रहेको छ । कम्पनीले यो फोनको नाम आईफोन १८ फोल्ड राख्न सक्ने जनाइएको छ । यो फोन अनफोल्ड हुँदा आईफोन १६ प्रोको स्क्रिनभन्दा निकै ठूलो हुनेछ । कम्पनीले यतिबेला दुईवटा फोल्डिङ फोनमाथि काम गरिरहेको जनाइएको छ ।  

कम्पनीले एउटा फोल्डिङ फोन लञ्च गर्नेछ भने अर्को विकल्प आईप्याड हुनेछ । हालैको रिपोर्टमा यी डिभाइसहरुको स्क्रिनसम्बन्धी जानकारी बाहिरिएका छन् । यसले कम्पनीले वास्तवमै यी फोनहरुमाथि काम गरिरहेको अनुमान लगाउन सकिने जनाइएको छ । डिजिटल च्याट स्टेशनले यस बारे जानकारी दिएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

एप्पलको फोल्डिङ आईफोनमा ५.४९ इन्चको डिस्प्ले प्राप्त हुनसक्नेछ । अनफोल्ड हुँदा यसको साइज ७.७४ इन्चको हुनेछ । एप्पलको आईफोन १६ प्रो म्याक्सको डिस्प्ले ६.९ इन्चको रहेको छ ।      

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.