बुधबार, फाल्गुन ६,२०८२ 09:34:42
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 09:34:42
Bizshala
Global IME Bank Limited

नेपालमा लगानी गर्न इजरायलका राजदूतमार्फत महासंघ अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न इजरायलका राजदूतमार्फत महासंघ अध्यक्ष ढकालको आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इजरायलका राजदूत मार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् ।  

नेपालमा लागी इजरायली राजदूत श्मुलिक आरी बाससँग बिहीबार महासंघ सचिवालय टेकु काठमाण्डौमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले यस्तोे आग्रह गरेका हुन् । भेटका अवसरमा दुई देशबीच आपसी सम्बन्ध सुधार,आर्थिक विकास तथा व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको थियो ।  

नेपालको कृषि क्षेत्रको विकास एवं नेपाली युवाहरुलाई रोजगारी प्रदान गर्ने विषयमा इजरायले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सम्बन्धलाई थप प्रभावकारी बनाउने गरि सहकार्य गर्न राजदूत बास समक्ष आग्रह गरे ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

‘नेपालको कृषि,पर्यटन उर्जा तथा सूचना प्रविधी क्षेत्रमा लगानीमा प्रशस्त सम्भावनाहरुरहेका छन् । उद्योग र व्यापारमा भएका यी सम्भावनाहरुबाट दुबै देशले फाइदा लिन सक्नन् । तसर्थ म इजरायली लगानीकर्तालाई राजदूत मार्फत नेपालमा लगानीका लागि आग्रह गर्छु ।’ उनले भने ।  

इजरायली राजदूत श्मुलिक आरी बासले नेपाल र इजरायबीच लामो सम्बन्ध रहि आएको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।  

‘इजरायल नेपालको पूरानो मित्र हो । हामीले विभिन्न क्षेत्रमा लामो समय देखि सहकार्य गर्दै आइरहेका छौं । खासगरि साना किसान सहकारी मार्फत नेपालीहरुलाई इजरायमा विभिन्न अवसर प्रदान गरिएको छ । यसबाट नेपाली किसानहरुले फाइदा लिएका छन् ।’ उनले भने ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

राजदूत बासले महासंघसंग सहकार्यकार्यका लागि आफू सधैं सकारात्मक रहेको उल्लेख गर्दै आउने दिनमा आससी सहकार्यलार्ई थप प्रभावकारी बनाइने धारणा राखे ।  

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.