बुधबार, फाल्गुन ६,२०८२ 11:47:16
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 11:47:16
Bizshala
Global IME Bank Limited

लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्टबीच सहकार्य गर्ने समझदारी

लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्टबीच सहकार्य गर्ने समझदारी
Shivam Cement

काठमाण्डौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्ट कम्पनीबीच शैक्षिक सहकार्य गर्ने सम्बन्धमा समझदारी बनेको छ । फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र माइक्रोसफ्टका नेपाल, बङ्गलादेश एवं भुटान  हेर्ने निर्देशक योसुप फारुखबिच शैक्षिक सहकार्य गर्ने समझदारी भएको हो ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सभा हलमा नेपाल क्लाउड प्रोफेसनलद्वारा आयोजित डट नेट सम्मेलनपछि माइक्रोसफ्टका निर्देशक फारुख र फाउण्डेशनका अध्यक्ष जालानबिच शैक्षिक सहकार्यको समझदारी बनेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

फाउण्डेशनले नेपाल क्लाउड प्रोफेसनलसँग समेत सूचना प्रविधिको क्षेत्रमा सहकार्य गरेको छ । सूचना प्रविधिको विकासका लागि शैक्षिक क्षेत्र, दक्ष जनशक्ति उत्पादन लगायतका विषयमा लर्डबुद्धले विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

नेपालको शैक्षिक र आर्थिक विकासमा सूचना प्रविधिको मुख्य भूमिका रहेकाले सम्बन्धित विभिन्न निकायमा सहकार्य गर्दै आएको अध्यक्ष जालानले बताए । विद्यार्थीलाई पढ्दै कमाउँदै नीतिलाई फाउण्डेशनले व्यवहारिक कार्यान्वयन गर्दै आएको उनको भनाई छ ।

माइक्रोसफ्टका निर्देशक फारुखले नयाँ–नयाँ प्रविधिको विकास कम्पनीको उच्च प्राथमिकतामा सधैँ रहने बताए । औद्योगिक र व्यावसायिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पुरा गर्नका लागि कम्पनी सदैव तयार रहेको फारुखले बताए ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.