काठमाण्डौ । नेपाल सरकार (माननीय उप–प्रधान तथा अर्थ मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंकको संचालक समितिको सञ्चालक सदस्यमा सेवन्तक पोखरेल मनोनयन भएका छन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत रहेका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य सेवन्तक पोखरेललाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।
उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु डा.हरि बहादुर केसी, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ ,बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती रहेको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                