सोमबार, असार २,२०८२ 05:45:00
  • सोमबार, असार २,२०८२ 05:45:00
Global IME Bank Limited

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ

Hyundai Nepal
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । पोखरामा अनलाईन जुवा तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।  

पक्राउ पर्नेहरुमा ३१ बर्षीय रुपेन्द्र जिसी, ३३ बर्षीय विक्रम बानियाँ, २२ बर्षीय सज्जन घिमिरे, १९ बर्षीय रोजन केसी र २८ बर्षीय सन्दिप कटुवाल रहेका छन् । प्रहरीले ५ जनालाई फागुन २३ गते पक्राउ गरेको थियो। 

५ जनाले १० बर्षदेखि अमेरिका बस्दै आएका पर्वत स्थायी घर भई पोखरा १४ चाउथे बस्ने इन्जिनियर रुपेन्द्र जिसीको नेतृत्वमा अनलाईन जुवा तथा क्रिप्टोकरेन्सी कारोवार गर्दै आएका थिए । जिसीले आफ्नै घरमा कार्यालय खोली आफन्तहरुलाई नै राखेर कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो समूहबाट हालसम्म ३० करोड रुपैयाँ अनलाइन जुवाको नाममा कारोबार भइसकेको समेत प्रहरीले जनाएको छ ।  प्रहरीले पक्राउ परेका ५ जनाबाट मोबाईल ३२ थान, कम्प्यूटर मोनिटर दुई थान, कम्प्यूटर सिपीयू तीन थान, ल्यापटप चार थान, नगद ७२ हजार पाँच सय रुपैयाँ लगायत सामानहरु बरामद गरेको छ ।  

निजहरुलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाएको र पाँच जनालाई जिल्ला अदालत कास्कीबाट सात दिनका लागी म्याद थप गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.