काठमाण्डौ । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउन सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको छ ।
यस पहलले सम्पत्ति शुद्धिकरण निवारण(एएमएल) प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकताअनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।
यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमता(आर्टिफिसियल इन्टलीजेन्स एआई) र मेसिन लर्निङ(एमएल)को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रण तथा ग्राहक पहिचान पद्दति अवलम्बन गर्न सक्षम बनाउनेछ ।
सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा सम्पत्ति शुद्धिकरण निवारण(एएमएल) प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।