बिहीबार, बैशाख ३१,२०८३ 10:41:24
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:41:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मर्जरको विषयमा ग्रीन डेभलपमेन्ट बैंकको आधिकारिक धारणा सार्वजनिक

Laxmi Sunrise Bank Limited
मर्जरको विषयमा ग्रीन डेभलपमेन्ट बैंकको आधिकारिक धारणा सार्वजनिक
Shivam Cement

काठमाण्डौ । सम्भावित मर्जरको विषयमा ग्रीन डेभलपमेन्ट बैंक लिमीटेडको आधिकारिक धारणा सार्वजनिक भएको छ ।  

केहीबेरअघि सो बैंकका प्रमुख सूचना अधिकारी अनुप केसीले एक विज्ञप्ति जारी गर्दै ग्रीन बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सहमति गर्नै लागेको भन्ने आशयका समाचारहरु आधिकारिता नरहेको प्रष्ट पारेको हो । 

Bizshala
New Office
CG Motors

बैंकको वेबसाइटमै अपलोड गरिएको विज्ञप्तिमा भनिएको छ-'ग्रीन डेभलपमेन्ट बैंक लिमीटेड र अन्य बैंक तथा वित्तीय संस्था बीचमा मर्जर सम्बन्धी विषय अत्यन्त नजिक पुगेको भन्ने समाचारतर्फ यस बैंकको ध्यानाकर्षण भएको छ । यस्ता समाचारहरुमा कुनै आधिकारिता नरहेको व्यवहोरा जानकारी गराउँदछौं ।'  

यसअघि केही सञ्चारमाध्यमहरुले ग्रीन डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सबीच मर्जरको सम्झौता हुनै लागेको दाबीसहित समाचारहरु प्रकाशित गरेका थिए । तिनै समाचारहरु आएपछि पोखरा फाइनान्सको सेयरमूल्य बढेको थियो भने ग्रीन डेभलपमेन्ट बैंकको मूल्य घटेको थियो ।  

यही विषयको समाचारका कारण ग्रीन डेभलपमेन्ट बैंकको मूल्य केही दिनदेखि निरन्तर घटिरहेको छ । आज पनि दोश्रो बजार मूल्यमा ७.९१ प्रतिशतले घटेर प्रतिकित्ता १२५८ रुपैयाँमा सीमित भयो । 

Garima Development Bank
Shivam Cement
IME remit

महंगो सेयर मूल्य भएको ग्रीन डेभलपमेन्ट बैंकसँग मर्जर हुन लागेको समाचारका कारण पोखरा फाइनान्सको मूल्य भने बढेको थियो । आज पनि पोखरा फाइनान्सको सेयरमूल्य ४.९० रुपैयाँले बढेर प्रतिकित्ता ४५८ रुपैयाँमा बन्द भएको छ ।  

ग्रीन डेभलपमेन्ट बैंक पोखरामा हेडक्वार्टर भएको ५ जिल्ले विकास बैंक हो भने पोखरा फाइनान्सको मुख्यालय पनि पोखरामै रहेको छ । पोखरा फाइनान्स नेपालका फाइनान्स कम्पनीहरुमध्येकै सबैभन्दा बूढो फाइनान्स कम्पनी पनि हो । पोखरा फाइनान्सको चुक्तापूँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको चुक्तापूँजी करिब ५४ करोड रुपैयाँ रहेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.