काठमाण्डौ। विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सीईओ सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन् । आज पोखरामा सम्पन्न डिबानको १९ औँ वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।
यस्तै उपाध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका सीईओ माधव प्रसाद उपाध्याय तथा कोषाध्यक्षमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरूमा लुम्बिनी विकास बैंकका सीईओ नरेशसिंह बोहरा, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैकका दीपेश लम्साल, ग्रीन डेभलपमेन्ट बैंकका हरिबहादुर बुढाथोकी र सप्तकोसी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन् ।