डेभलपमन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ पुनः निर्वाचित
काठमाण्डौ। विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सीईओ सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन् । आज पोखरामा सम्पन्न डिबानको १९ औँ वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।