बुधबार, भाद्र ३,२०८३ 04:49:51
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:49:51
Bizshala
Global IME Bank Limited

पूँजीबजारप्रति सकारात्मक छु, यसको विकास र स्थायित्वका लागि पहल गर्नेछु: अर्थमन्त्री पौडेल

पूँजीबजारप्रति सकारात्मक छु, यसको विकास र स्थायित्वका लागि पहल गर्नेछु: अर्थमन्त्री पौडेल
New Office

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पूँजीबजारप्रति सकारात्मक रहेको बताएका छन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल(डीबान)ले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई भेटेर शुभकामना तथा बधाई ज्ञापन गर्ने क्रममा पौडेलले यस्तो बताएका हुन् ।  

उक्त अवसरमा मन्त्री पौडेलले पूँजीबजारप्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्ने समेत बताए ।  

Bizshala
CG Motors

डीबानका अध्यक्ष सागर ढकालको नेतृत्वमा एशोसिएसनका पदाधिकारीहरुबाट नवनियुक्त अर्थमन्त्री पौडेललाई आज भेटी बधाई तथा शुभकामना प्रदान गरिएको हो । संहदरबारस्थित मन्त्रीकोे कार्यकक्षमा भएको भेटघाटमा एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले नवनियुक्त अर्थमन्त्रीबाट पूँजीबजारले यसको सुधार तथा  विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको बताए । यस्तै उनले  मन्त्री पौडेलको सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरे ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.