काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रस बोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ ।
यस सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने बैंकले जनाएको छ ।
हाललाई यस्तो सेवा भारतीय एपभिम र फोनपे एपमार्फत नेपालस्थित सिटिजन्स बैंकका फोनपे क्यूआर मार्फत गर्न सकिने भएता पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत भारतमा समेत कारेवार गर्न मिल्ने व्यवस्था गर्न लागिएको बैंकले उल्लेख गरेको छ ।
यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ्ग प्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।