बिहीबार, असार ११,२०८३ 03:30:19
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:30:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगरौं, क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याए ठूलो आर्थिक नोक्सान हुनसक्छ: राष्ट्र बैंक

Laxmi Sunrise Bank Limited
सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगरौं, क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याए ठूलो आर्थिक नोक्सान हुनसक्छ: राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगर्न सबैलाई सचेत गराएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्र बैंकको संयोजनामा "Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ 'Global Money Week (GMW 2025 ) मार्च १७ देखि २३ सम्म मनाइएको छ । ग्लोबल मनि विकमा उल्लेख भएजस्तै सामाजिक सञ्जालमा चर्चा पाएका सबै विषय र तिनका Influencers सो विषयका विज्ञ नहुन पनि सक्ने र गलत Influencers को कुराबाट प्रभावित भई वित्तीय निर्णय लिँदा आर्थिक नोक्सानी हुन सक्नेतर्फ सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘अहिलेको आधुनिक र खुल्ला युगमा सामाजिक सञ्जालमा पत्यारिला जस्ता लाग्ने थुप्रै वित्तीय जानकारी, उपाय र सुझावहरू भेटिन सक्छन् । त्यस्ता सुझाव वा जानकारीको भरमा पर्नु वा त्यस्ता व्यक्ति (Financial Influencers- Finfluencers)लाई फलो गर्नुअघि सो सूचना तथा सुझाव सही हुन् वा होइनन् मनन गरौँ,’ सूचनामा उल्लेख छ, ‘कुनै पनि वित्तीय निर्णय लिँदा सोसम्बन्धी स्वाध्ययन, अनुसन्धान र गहन विचार वा विश्वसनीय स्रोतहरूसँग परामर्श गरौं । क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याएर गरिने वित्तीय निर्णयले ठुलो आर्थिक नोक्सान गराउन सक्ने भएकोले यसतर्फ सचेत रहौँ ।’

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.