सोमबार, बैशाख ७,२०८३ 12:17:26
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:17:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनीविक २०२५’, ४ हजार ५ सय बढी विद्यार्थी तथा युवाहरु लाभान्वित

Bizshala
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनीविक २०२५’, ४ हजार ५ सय बढी विद्यार्थी तथा युवाहरु लाभान्वित
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको ‘ग्लोबल मनीविक २०२५’ सम्पन्न गरेको छ ।  

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनीविक २०२५’ का अवसरमा बैंकका सातै प्रदेशका विभिन्न शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सातै प्रदेशका विभिन्न शाखाहरुले यस अभियानअन्तर्गत हप्ताभरीमा  सञ्चालन गरेका ८० भन्दा धेरै कार्यक्रमहरुबाट मुलुकभरका ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन् ।  

तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका बाजुरा, रूकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुला जस्ता जिल्लाका बैंक शाखाहरुले पनि यस अभियानअन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरेका थिए ।  

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी, यस बैंकले राष्ट्र बैंकको यस अभियानअन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्री समेत निर्माण गरी प्रकाशन गरेको थियो । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशनअनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामाग्रीहरुबाट बालबालिका, विद्यार्थीहरु तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.