बुधबार, भाद्र २५,२०८२ 10:32:10
  • बुधबार, भाद्र २५,२०८२ 10:32:10
Global IME Bank Limited

सेवा सुविधामा विभेद गरिएको भन्दै अपर तामाकोशीका कर्मचारी चार दिनदेखि आन्दोलित

Hyundai Nepal
सेवा सुविधामा विभेद गरिएको भन्दै अपर तामाकोशीका कर्मचारी चार दिनदेखि आन्दोलित

काठमाण्डौ । खाइपाई आएको सेवा सुविधामा विभेद गरिएको भन्दै मुलुककै ठूलो ५४६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

कम्पनीमा कार्यरत दोलखा जिल्लावासी र अन्य जिल्लाका कर्मचारीहरूबीच सेवा सुविधामा विभेद गरिएको भन्दै चार दिनदेखि उनीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

उक्त विभेद अन्त्य गर्न आयोजनाको व्यवस्थापन पक्ष र जिल्लावासी करार कर्मचारी संघर्ष समितिबीच गत असोज ६ गते समहति भएको थियो । सो सहमति अनुसार गत माघ मसान्तभित्रै सबै कर्मचारीको सेवा सुविधामा एकरुपता गरिनुपर्ने भए पनि हालसम्म पनि सहमति कार्यान्वयन नगरिएको दोलखा जिल्लावासी करार कर्मचारी संघर्ष समितिका संयोजक रामबहादुर खड्काले जानकारी दिए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

असोज ६ गते भएको सहमति कार्यान्वयन गर्न पटक–पटक पत्राचार गर्दा कम्पनीले बेवास्ता गरेपछि आफूहरू संघर्षमा उत्रिन बाध्य भएको उनको भनाइ छ ।‘हामीले यही चैत ७ गते एउटा विज्ञप्ति जारी गरेर चैत १० गतेभित्र पुरानो सहमति कार्यान्वयन गर्न कम्पनी व्यवस्थापनलाई आग्रह गरेका थियौँ । तर, उहाँहरूले त्यसलाई पनि बेवास्ता गर्नुभयो,’ संयोजक खड्काले भने, ‘हामीले विनम्रतापूर्वक ध्यानाकर्षण गराउँदा उल्टै हामीलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै लाञ्छनाहरू लगाउने काम भयो । त्यसकारण हामी संघर्षमा उत्रिन पर्‍यो । अब हामीसँगको सहमति कार्यान्वयन नभएसम्म यो सङ्घर्ष जारी रहने छ ।’

सहमति कार्यान्वयनका लागि दबाब सृजना गर्न उनीहरूले अहिले दोलखाको बिगु गाउँपालिका–१ गोंगरस्थित आयोजनाको कार्यालयका सम्पूर्ण कामकाज ठप्प पारी शान्तिपूर्ण धर्ना तथा विरोध सभा गरिरहेका छन् । यस्तै, कम्पनीको कुनै पनि सवारीसाधन चल्न समेत दिइएको छैन । तर, ‘प्लान्ट अप्रेशन’मा भइपरी आउने आपतकालीन अवस्थामा भने सवारी चल्न दिइने संघर्ष समितिका संयोजक खड्काको भनाइ छ । उनका अनुसार ‘प्लान्ट’ सञ्चालनमा कुनै अवरोध गरिएको छैन ।

छलफल भए पनि कुरा मिलेन, कर्मचारी झनै उत्तेजित कर्मचारीहरू संघर्षमा उत्रिएपछि आयोजनाको व्यवस्थापन पक्षले वार्ता समिति नै बनाएर संघर्षरत कर्मचारीहरूसँग सघन वार्ता र छलफल गरेको थियो । तर, सो छलफलले कुनै निष्कर्ष दिन सकेन । तर, व्यवस्थापन पक्षले छलफलका क्रममा उठ्दै नउठेको विषयलाई सञ्चार माध्यममा प्रचार गरी कर्मचारीहरूमाथि गलत लाञ्छना लगाएको भन्दै उनीहरू थप आक्रोशित र उत्तेजित बनेका छन् ।

खासगरी कर्मचारीहरूसँगको पहिलो चरणको वार्तापछि आयोजना व्यवस्थापन पक्षले विभिन्न सञ्चार माध्यमहरूमा ‘आयोजना सञ्चालक समितिको बैठक बस्न नसकेका कारण माग पूरा गर्न नसकेको र जारी कर्मचारी आन्दोलनले पुनःर्निमाणमा असर परेको’ भनी दिएको स्टेटमेन्टले कर्मचारीहरूमा थप आक्रोश पैदा गरेको संयोजक खड्काले बताएका छन् ।

उनले असोज ६ गतेको सहमतिपछि पनि विभिन्न मितिमा पाँच पटक सञ्चालक समितिको बैठक बसेको दाबी गरेका छन् । यस्तै, उनले आफूहरूको आन्दोलनका कारण आयोजनाको काममा अवरोध नभएको पनि स्पष्ट गरेका छन् ।

आयोजनाको ‘राइट सेटलिङ बेसिन’ तथा रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण तथा पुनःर्निमाण कार्य व्यवसायीले निरन्तर गरिरहेको र सो कार्यका लागि कम्पनीका अन्य जिल्लाका कर्मचारीहरूबाट कामको अनुगमन र निरीक्षण भइरहेको जानकारी उनले दिएका छन् । ‘प्लान्ट अप्रेशन’ निरन्तर चलिरहेको र निरन्तर चलिरहने भनाइ उनको छ । 

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.