बिहीबार, फाल्गुन ७,२०८२ 12:53:55
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 12:53:55
Bizshala
Global IME Bank Limited

सिद्धार्थ बैंकको ग्लोबल मनि विक २०२५ मा गतिविधिहरु

सिद्धार्थ बैंकको ग्लोबल मनि विक २०२५ मा गतिविधिहरु
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले  विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइएको ‘ग्लोबल मनि विक  २०२५’को अवसर पारी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यस वर्षको ग्लोबल मनि विक २०२५ को नारा …Think before you follow, wise money tomorrow’लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी २४ स्थानहरुमा विद्याथी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको थियो । बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेत गराई विद्याथीहरुमा वित्तिय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा १ हजार २१२ जना विद्यार्र्थीहरुको सहभागीता रहेको थियो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै, विद्यार्थीहरुलाई बैंकको आधारभूत बैकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमहरुसम्बन्धी व्यवहारिक रुपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ४४८ जना विद्यार्र्थीहरुलाई बैंकको विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । यस सप्ताहव्यापी रुपमा मनाइएको ‘ग्लोबल मनि विक २०२५’ मा बैंकले कुल ३८ कार्यक्रममार्फत १ हजार ६६० विद्यार्र्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरेको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहँुच पुर्याउने र हरेक वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।  

 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.