बुधबार, भाद्र ३,२०८३ 08:52:30
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 08:52:30
Bizshala
Global IME Bank Limited

प्रदर्शनका नाममा भएको ताडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरद्वारा आपत्ति

प्रदर्शनका नाममा भएको ताडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरद्वारा आपत्ति
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं संचारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भिर आपत्ति जनाएको छ । काठमाण्डौको बानेश्वर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बर अफ कमर्सले गम्भिर आपत्ति जनाएको हो ।  

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार सहित दुई युवाको दुःखद निधन भएको छ, सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा संचारगृहमा समेत क्षति पुगेको छ, ।’ यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भत्र्सना गर्दै चेम्बर अफ कमर्सले शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने जनाएको छ ।

Bizshala
CG Motors

प्रर्दशनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको चेम्बरले उल्लेख गरेको छ ।

आन्दोलनका क्रममा मानवीय जीवनमा समेत दुःखद क्षति भएको उल्लेख गर्दै चेम्बरले ज्यान गुमाएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदनना व्यक्त गरेको छ।

मुलुकको अर्थतन्त्र शिथिलताबाट सुधारोन्मुख हुन लागेको अवस्थामा भए÷गरेका यस्ता खाले उच्छृङखल गतिविधिले अर्थतन्त्रलाई थप धरासायी बनाउने भएकाले संयमित हुन सवै सरोकारवालालाई चेम्बरले अनुरोध गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.