बिहीबार, चैत्र २१,२०८१ 02:27:59
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:27:59
IME remit
Global IME Bank Limited

नेशनल कार्ड स्विच र नेपाल पे कार्डको तयारी लगभग पूरा

Hyundai Nepal
नेशनल कार्ड स्विच र नेपाल पे कार्डको तयारी लगभग पूरा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आज एक औपचारिक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा NPS-National Card Switch (NPS-NCS) र Domestic Card Scheme (NEPALPAY Card)  को पूर्वाधार स्थापना र प्राविधिक रूपमा तयार भएको घोषणा गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट एनसीएचएलले हालै प्राप्त गरेको अन्तिम स्वीकृतिअनुसार एनपीएस–एनसीएस र नेपाल पे कार्डको तयारी पूरा भएको जानकारी गराउनुका साथै नेपाल पे कार्ड पनि औपचारिक अनावरण गरिएको हो ।  

साथै, गर्भनरले सेरेमोनियल नेपाल पे कार्डबाट नियन्त्रित वातावरणमा मा पीओएस र एटीएमबाट कारोबार गरी एनपीएसको पूर्वाधार तयारी भएको जानकारी दिए ।

Shivam Cement
Bizshala
CG Motors

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक समितिर राष्ट्रिय भुक्तानी बोर्डका सदस्यज्यूहरु, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना  ,कार्यकारी निर्देशकहरु, बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख तथा पदाधिकारीहरु, भुक्तानी प्रणाली सञ्चालकका प्रतिनिधिहरु, भुक्तानी सेवाप्रदायकका प्रतिनिधिहरु, एनसीएचलका सञ्चालक समितिका सदस्यहरु तथा वरिष्ठ पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

एनपीएसको पूर्वाधार अन्तर्गत, नेशनल कार्ड स्विच, सेन्ट्रलाइज्ड सेटलमेन्ट तथा डिस्प्यूट व्यवस्थापन प्रणाली, एआई–एमएलमा आधारित फ्रण्ड तथा जोखिम व्यवस्थापन प्रणाली, र डोमेस्टिक कार्ड स्किमको रुपमा नेपाल पे कार्ड कार्यान्वयन हुनेछ। यससँगै, राष्ट्रिय भुक्तानी प्रणालीको कार्यान्वयनको प्रमुख तथा अन्तिम चरणअन्तर्गतको पूर्वाधार तयारी भएको छ भने आवश्यक सटिफिकेशन र बैंक वित्तीय संस्थाका स्वीचहरुलाई इन्टिग्रेट गरे पश्चात पूर्ण रुपमाव्यवसायीक सञ्चालनमा आउनेछ । यसअघि एनपीएसअन्तर्गत, रिटेल पेमेन्ट स्विच (आरपीएस) र क्रस बोर्डर इन्टरफेस (एनपीआईएक्स) नोभेम्बर २०२१ मा सञ्चालनमा आइसकेका छन् ।

एनपीएस–एनसीएस तथा नेपाल पे कार्डको तयारी पूरा भएसँगै, बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालकहरू र भुक्तानी सेवा प्रदायकहरूले डोमेस्टिक कार्ड स्किममा इस्यूइङ र अक्वयरिङका लागि साथै अन्य कार्ड स्किमको कारोबारहरु बीच अन्तरआवद्धता कायम गर्न अब आफ्नो स्विचहरू इन्टिग्रेट गर्न सक्नेछन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्विचहरू इन्टिग्रेट गर्न तथा नेपाल पे कार्ड जारी गर्ने कार्य अगाडि बढाउन उक्त कार्यक्रममा एनसीएचलसंग सिटिजन्स बैंक इन्टरनेशनल, गुडविल फाइनान्स, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तीनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, सांग्रिला विकास बैंक, सिद्धार्थ बैंक, लगायतका बैंक वित्तीय संस्थाहरुसँग प्रिन्सिपल मेम्बरसिपको सम्झौतापत्र आदानप्रदान समेत गरिएको थियो । साथै, ११ वटा बैंक वित्तीय संस्थाहरुलाई मल्टिपल कार्ड स्किमहरु प्रोसेसिङ गर्न प्रदान गर्दै आएको एनसीएचएलकोे आफ्नो ईएफटी स्विचबाट समेत नेपाल पे कार्ड अक्वायरिङ गर्न मिल्ने गरी तयारी गरिएको छ । नेपाल पे कार्डअन्तर्गत सदस्य बैंक तथा वित्तीय संस्थाहरू र पीएसपीहरु क्रमशः प्रिन्सिपल तथा एसोसियट मेम्बरको रुपमा आवद्ध हुन सक्नेछन् भने भुक्तानी प्रणाली सञ्चालकहरुले थर्ड पाटी पेमेन्ट प्रोसेसर (टीपीपी) को रुपमा कार्ड इकोसिस्टम निर्माण तथा विकास गर्न सक्नेछन् ।  आगामी िदनहरुमा अन्य बैंक तथ ावित्तीय संस्था तथा  पीएसपीहरु÷पीएसओहरूलाई पनि नेपाल पे को नेटवर्कमा समावेश गरी नेपाल पे लाई थप विस्तार गरिनेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.