बुधबार, भाद्र ३,२०८३ 08:52:41
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 08:52:41
Bizshala
Global IME Bank Limited

चेम्बर र टुरिजम काउन्सिल थाइल्याण्डबीच पर्यटन क्षेत्रमा सहकार्यको समझदारीपत्रमा हस्ताक्षर

चेम्बर र टुरिजम काउन्सिल थाइल्याण्डबीच पर्यटन क्षेत्रमा सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाईल्याण्डका  प्रधानमन्त्री पेईतोङत्रान सिनावात्राको उपस्थितीमा बैंककमा भएको समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाईल्याण्डका अध्यक्ष चाई अरुनानोनडिचाईले हस्ताक्षर गरेका हुन् ।  

दईमुलुकबीच  पर्यटन प्रवद्र्धन, नागरिक उड्डयन एवं नेपालको विभिन्न क्षेत्रमा सास्कृतिक प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

Bizshala
CG Motors

नेपाल र थाईल्याण्डका पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रर्वद्धन गर्दै संयुक्त रुपमा बजार प्रर्वद्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी प्रर्वद्धन एवं क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने गरी समझदारी भएको हो ।

यसका लागि संयुक्त कार्यदल गठन गर्ने विषयमा समेत सहमति भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको पोखरा र भौरहवा अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकीय गतिविधी बढाउन सो सम्झौता महत्वपुर्ण भएको अध्यक्ष अग्रवालले जानकारी दिए ।  

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तराष्ट्रिय सम्वन्ध समितिका सभापति अर्जुन प्रसाद शर्मा सहभागि छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.