काठमाण्डौ । काठमाण्डौको वायु प्रदुषणको मात्रामा खासै सुधार आउन सकेको छैन । आज बिहानको एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार २३३ एक्युआई वायु गुण्चास्तरका साथ काठमाण्डौ विश्वकै दोस्रो प्रदूषित शहरको रुपमा रहेको छ ।
सूचीको दोस्रो स्थानमा भने भारतको राजधानी नयाा दिल्ली रहेको छ । जहाँको वायु गुणस्तर २८० एक्युआई रहेको छ । यस्तै पाकिस्तानको लाहोर तेस्रो,भियतनामको हानोई चौथो र चीनको बेईजिङ पाचौं स्थानमा छन् ।
काठमाण्डौको हावामा २.५ पीएम रहेको छ । जुन विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा ३१.५ गुणा बढी हो ।
डब्ल्यूएचओको मापदण्डअनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ। तर ४००–५०० पुग्दा त्यसलाई ‘गम्भीर’ मानिन्छ।