सोमबार, फाल्गुन ४,२०८२ 12:13:56
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:13:56
Bizshala
Global IME Bank Limited

कामु गभर्नरद्वारा गुणाकर भट्टको राजीनामा अस्वीकार

कामु गभर्नरद्वारा गुणाकर भट्टको राजीनामा अस्वीकार
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा अस्वीकृत भएको छ । भट्टले आज दिएको राजीनामा कामु गभर्नर नीलम ढुंगानाले अस्वीकार गरेकी हुन् ।

नेपाल राष्ट्र बैंकका सुचना अधिकारी सुमन न्यौपानेले भट्टको राजीनमा स्वीकृतीका लागि प्रक्रियामा रहेको भन्दै घुमाउरो जवाफ दिए । 

गभर्नर बन्नका लागि सत्ता साझेदार दल नेपाली काङ्गेस र नेकपा एमालेले आश्वासन दिएसँगै भट्टले राजीनमा दिएका थिए । गभर्नरको नाम सिफारिसमा पर्नका लागि राजीनामा स्वीकृत हुनै पर्ने बाध्यकारी व्यवस्था रहेकाले भट्टले राजीनमा दिएका थिए । तर उनको राजीनामा अस्वीकृत भएसँगै गभर्नर नियुक्तीको विषय थप पेचिलो र रोचक बनेको छ ।  

यद्यपी भट्टको राजीनमा स्वीकृत नभएपनि यहि कारणले उनलाई गभर्नरको सिफारिसमा पर्न समस्या नहुने स्रोतले बतायो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

राष्ट्र बैंक ऐनमा सामान्यतः पद रिक्त हुनु एक महिनाअघि गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था रहेको छ। तर राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि आइतवार सकिए पनि सरकारले हालसम्म नयाँ गभर्नर नियुक्त गरेको छैन।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

गत फागुन अन्तिम साता सरकारले गभर्नर नियुक्तिका लागि नयाँ व्यक्ति छनोट गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सम्मिलित ३ सदस्यीय सिफारिस समिति बनाएको थियो। उक्त समितिले सिफारिस गरेका तीन जनामध्ये एकलाई सरकारले गभर्नर बनाउने छ।

तर समितिले हालसम्म पनि कुनैपनि व्यक्तिलाई सिफारिस गर्न सकेको छैन । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.