आईतवार, फाल्गुन ११,२०८१ 12:17:52
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 12:17:52
IME remit
Global IME Bank Limited

सत्ता गठबन्धनमा आँधीहुरी, रवि र वर्षमान बालकोट पुगे

Hyundai Nepal
सत्ता गठबन्धनमा आँधीहुरी, रवि र वर्षमान बालकोट पुगे
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय राजनीतिका घटनाक्रमहरुमा नाटकीय विकास हुन थालेको छ । विकसित घटनाक्रमहरुमा कुनै ट्वीस्ट आएन भने र माओवादी केन्द्र इमानदार भएर टिकिरह्यो भने सत्ता समीकरण परिवर्तनका स्पष्ट संकेतहरु सतहमै देखिन थालेका छन् ।  

केही दिनअघिदेखि सत्ताको प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच खटपट सुरु भएको छ । कांग्रेसको महासमिति बैठकले पारित गरेको दुईवटा राजनीतिक प्रतिवेदनपछि माओवादी केन्द्र चिँढिएको छ ।  

महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले माओवादीको युद्धलाई नजरअन्दाज गरी त्यसकै कारण मुलुकमा शान्ति सुव्यवस्था बिग्रिने क्रम सुरु भएको, अर्थतन्त्र डामाडोल बनेको र युवाहरु विदेश पलायन हुन थालेकाजस्ता लाञ्छना लगाई प्रस्तुत गरेको प्रतिवेदन ध्वनि मतले पारित भएको थियो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस्तै, महामन्त्री गगन थापाले अबका चुनावहरुमा गठबन्धन गरेर जान नहुने आशयको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसलाई समेत महासमितिले पारित गरेको थियो । महासमितिमा सहभागी सदस्यमध्ये ५० प्रतिशत बढीले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर समेत संकलन गरेका थिए । यी घटनाक्रमबाट प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) कांग्रेससँग रुष्ट भएका छन् । उनले पार्टी बैठकहरुमा कांग्रेस दक्षिणपन्थी धारमा गएको भन्दै आफ्नो विश्लेषण सुनाउन थालेका थिए ।  

माओवादीलाई कांग्रेससँग रुष्ट बनाउने घटनाक्रमको सुरुवात कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचन समेत रहेको थियो । सो निर्वाचनमा कांग्रेसका मतदाताले अन्तर्घात गरी माओवादी उम्मेद्वारलाई हराउने काम गरेका थिए । विभिन्न प्रदेश सरकारहरुमा माओवादीमाथि कांग्रेसबाट असहयोग हुन थालेपछि सुरु भएको तिक्तता अन्ततः सत्ता समीकरणको फेरबदलतर्फ नै उन्मुख हुन थालेको देखिएको छ ।  

एकाएक विकसित यी घटनाक्रम

आइतबार संघीय संसदको प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर जाने कार्यक्रम रहेको थियो । ओली आउने भएपछि जनकपुरमा उनको स्वागतका लागि २२० केजीको माला समेत तयार गरिएको थियो । तर, आइतबार बिहान जनकपुर जाने कार्यक्रम ओलीले हठात् रद्द गरी त्यहाँ विष्णु पौडेललाई पठाए । यसको भित्री कारण सत्ता समीकरणका लागि हुनसक्ने सम्भावित दौडधूप र छलफल नै थियो । यो क्रममा आइतबार बिहानै ओली बालुवाटार पुगेर प्रचण्डलाई भेटे र सम्भावित घटनाक्रम तथा सहकार्यबारे समेत छलफल गरे ।  

आइतबार नै अर्को एउटा कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल संखुवासभा जाने तय भएको थियो । तर, महासचिव पोखरेलले समेत सो कार्यक्रम रद्द गरी आइतबार दिनभर नै दौडधूपमै समय व्यतीत गरे ।  

आइतबार साँझ पुनः एमाले अध्यक्ष ओली र महासचिव पोखरेल बालुवाटार पुगे । त्यहाँ सम्भावित सत्ता सहकार्यको विषयमा छलफल भएको एमालेस्थित उच्च स्रोतले जानकारी दिएको छ । 

त्यहाँ छलफल गरी बाहिरिन नपाउँदै अहिले पुनः बालकोटस्थित ओली निवासमा माओवादीका नेता वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु पुगेका छन् ।

बालकोटस्रोतका अनुसार सत्ता समीकरण परिवर्तन गर्नुपर्ने पक्षमा माओवादीबाट वर्षमान पुन लगायतका नेताहरु लामो समयदेखि अभ्यासरत थिए । पुन लगायतका माओवादीका नेताहरु पार्टीको दीर्घकालीन लाभका लागि एमालेसँग पुनः सहकार्य गर्नुपर्ने र कांग्रेससँगको गठबन्धन टुटाउनुपर्ने लाइनमा अडिग रहँदै आएका छन् ।  

केही विदेशी शक्तिहरुको दवाबका कारण प्रचण्डले भने पार्टीभित्रका दोश्रो तहका नेताहरुको निरन्तरको प्रेसरलाई पन्छाउँदै आएका थिए । तर, यसपटक विकसित घटनाक्रमका कारण प्रचण्ड समेत कांग्रेससँग सहकार्य टुटाउने मनस्थितिमा पुगेका बताइन्छ ।

यसैबीच, सत्ता गठबन्धनको खटपट पेचिलो बनेसँगै परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण अन्तिम समयमा एकाएक स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ ।

‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री साउदको पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’, परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।  

कांग्रेस निकट स्रोतहरुका अनुसार देउवाले आइतबार दिनभर पार्टीबाट सरकारमा मन्त्री भएकाहरुसँग छलफल गरे । उच्च तहका नेताहरुसँग समेत बाक्लो छलफल भए ।  

माओवादीले धोका दिनुअघि नै कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव अगाडि बढाउनेसम्मको तयारीमा पुगेका स्रोत दाबी गर्छ ।  

तर, कांग्रेसका केही नेताहरुले भने राष्ट्रियसभा अध्यक्षमा आफ्नो पनि उम्मेद्वार उठाउने माओवादी अध्यक्ष प्रचण्डले उद्घोष गरेर बार्गेन गरेको र सबै कुरा ठीक हुने दाबी गर्न छाडेका छैनन् ।  

माओवादीको धरातल बुझ्नैका लागि कांग्रेसकै दवाबमा सोमबार सत्ता गठबन्धनको बैठक डाकिएको छ । यो बैठकपछि राजनीतिक परिदृश्य अझ प्रष्ट हुने अपेक्षा गरिएको छ ।  

एमाले पनि सशंकित

कांग्रेस मात्र होइन, सत्तामा टिकिरहनका लागि जे पनि गर्न पछि नहट्ने प्रचण्डको अवसरवादी चरित्रप्रति एमालेका नेताहरु समेत सशंकित छन् । प्रचण्डसँग बाक्लै छलफल भए पनि ती छलफल कतै आफूहरुलाई इन्गेज गराई कांग्रेससँग बार्गेन गर्न मात्र त भइरहेको छैन भन्ने अवस्थामा नेताहरु रहेका एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।  

‘घटनाक्रम केही फरक ढंगले त विकास भएको छ । तर, अझै यसै भन्न सकिने अवस्था छैन । माओवादी अझै प्रष्ट रुपमा आइसकेको छैन ।’ उनले थपे ।  

एमाले आफ्नै भूमिका कारण सत्ता गठबन्धन ढलेको नदेखाउने लाइनमा क्लियर रहेको ती नेताले जानकारी दिए । माओवादी र कांग्रेसबीचकै खटपटबाट सुरु भएको घटना तीव्र रुपमा विकास भएको र सत्ता गठबन्धन टुटिहाले एमाले पनि चूप लागेर नबस्ने रणनीतिमा आफूहरु रहेको उनको भनाई छ ।  

रवि अझ आक्रामक

स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने कांग्रेसलाई सत्ताबाट बाहिर धपाएर नयाँ समीकरण बनाउने विषयमा रास्वपाका अध्यक्ष रवि लामिछाने आक्रामक छन् ।  

माओवादी र कांग्रेसबीच खटपट आएपछि लामिछानेको दौडधूप हेर्न लायक छ । उनी कुनै पनि हालतमा अहिलेको गठबन्धन टुटाएर नयाँ समीकरण बन्नुपर्ने लाइनमा छन् ।  

उनी नयाँ समीकरण बनेको खण्डमा पुनः गृहमन्त्रालयसहित उपप्रधानमन्त्रीको रुपमा सरकारमा जान चाहेका स्रोतहरु दाबी गर्छन् ।  

रवि र पुनको प्रयास हालको सत्ता गठबन्धन अगाडि एमालेसहितको सहकार्यमा बनेको सत्ता गठबन्धन नै ब्यूँताउने रहेको छ । यो सम्भावना निकै प्रवल बनेर गएको स्रोतहरु दाबी गर्छन् ।  

भारत र चीन फ्याक्टर

एमालेसहितको तत्कालीन गठबन्धन टुटाएर कांग्रेस र माओवादीसहितको गठबन्धन बनाउन सक्रिय विदेशी शक्तिहरु पछिल्लो पटक विकास भएको घटनाक्रम पछि पुनः सलबलाएका छन् ।  

विशेष गरी भारतीय दूताबास र भारतको गुप्तचर एजेन्सी ‘रअ’का एजेन्टहरु कांग्रेस माओवादी सत्ता गठबन्धन टुट्न नदिने प्रयासमा सक्रिय बनेका उच्च स्रोतहरुको दाबी छ ।  

यही बेला चीनका दूतहरु भने एमाले र माओवादी मिलाउने अभियानमा सक्रिय छन् । कम्युनिष्टहरु मिलेर अगाडि बढेको हेर्न चाहने चीनले समेत पछिल्लो घटनाक्रम पछि सक्रियता बढाएको छ ।  

दक्षिण वा उत्तरतर्फ कुन चाहिँ शक्तिको हात माथि पर्छ, त्यसमै अबको सत्ता समीकरणको प्रारुप निर्भर रहेको विश्लेषकहरु दाबी गर्छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.