मंगलवार, मंसिर ९,२०८२ 12:35:47
IME remit
  • मंगलवार, मंसिर ९,२०८२ 12:35:47
IME remit
Global IME Bank Limited

गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी नियुक्त, कांग्रेसका नेता भन्छन्-'अर्को षड्यन्त्र'

Hyundai Nepal
गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी नियुक्त, कांग्रेसका नेता भन्छन्-'अर्को षड्यन्त्र'
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुसार नै गभर्नर नियुक्त गर्न गठन गरिएको सिफारिस समितिको रिक्त सदस्य पदमा विवादित निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।  

मन्त्रिपरिषदको आज बसेको बैठकले पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा गरेपछि रिक्त रहेको सिफारिस समितिको एक सदस्यमा पूर्व गभर्नरहरुको तर्फबाट महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

CG Motors
New Office
Garima Development Bank

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भागमा गभर्नर पर्ने पक्का भएपछि रिक्त रहेको सिफारिस समितिको सदस्य पदमा एमालेका क्याडर समेत रहेका महाप्रसाद अधिकारीलाई नियुक्त गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 'कांग्रेसलाई गभर्नर दिने विषयमा प्रधानमन्त्रीको मन सफा थियो भने सिफारिस समितिको रिक्त सदस्य पदमा पूर्व गभर्नरमध्ये कांग्रेसनिकटलाई नै ल्याउनुपर्ने थियो ।' स्रोत भन्छ-'केही गडबडीको आशंका गर्न सकिन्छ ।'  

महाप्रसाद अधिकारी चैत २५ गतेबाट गभर्नर पदबाट अवकाश पाएका व्यक्ति हुन् । उनी नेपाल राष्ट्रबैंकको इतिहासमै सबैभन्दा बढी विवादमा परेका गभर्नर समेत हुन् ।  

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा सरकारले गभर्नर सिफारिस समिति बनाउँदा सदस्यको रुपमा पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई र विज्ञको तर्फबाट डा. विश्व पौडेललाई सदस्य बनाइएको थियो ।  

प्रमुख सत्तारुढ दल नेकपा एमाले र कांगे्रसले गभर्नरमा नियुक्त हुने नाममा आफूखुशी सहमति गरी सिफारिस समितिमा राखेर आफूहरुलाई रबर स्ट्याम्प बनाउन खोजिएको भन्दै बैशाख १० गते समितिका सदस्य भट्टराईले राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको सदस्य पदमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको हो । 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

सिफारिस समितिले पुनः पूर्णता पाएपछि गभर्नर नियुक्ति प्रक्रिया अब अगाडि बढ्ने मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीले दाबी गरेका छन् ।  

कांग्रेसनिकट स्रोतहरुले भने गभर्नर कांग्रेसको भागमा पर्ने निश्चित भनिएको बेला सिफारिस समितिमा एमाले कार्यकर्ता रहेका अधिकारीलाई नियुक्त गरिनुले षड्यन्त्रको गन्ध आएको दाबी गरेका छन् । 'केही साथीहरुले आशंका गरेजस्तै घुमाईफिराई गभर्नर एमालेले आफ्नै भागमा पार्नका लागि सिफारिस समितिमा महाप्रसादलाई ल्याएको हुनसक्छ ।' कांग्रेसका एक नेताले बिजशालासँग भने-'केपी ओलीको यो अर्को षड्यन्त्र हुनसक्छ । यसमा हाम्रो नेतृत्व सचेत भएन भने पार्टीले सिफारिस गरेका व्यक्ति गभर्नर नहुन सक्छन् ।'  

तर, कतिपयले भने महाप्रसाद अधिकारीको विवादित कार्यकालका क्रममा भएका विवादित र अलोकप्रिय निर्णय तथा नीतिगत परिवर्तनहरुमा मुख्य भूमिका निर्वाह गरेका डा. गुणाकर भट्ट गभर्नर बन्ने रेसमा रहेका कारण महाप्रसादको नियुक्तिले उनलाई सहज हुनसक्ने समेत ठान्छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.