गभर्नर अधिकारी SARFII को अध्यक्ष चयन
काठमाण्डौ । South Asia Region Financial Inclusion Initiative (SARFII) को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी SARFII को अध्यक्ष चयन भएका छन् । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी 'Alliance for Financial Inclusion (AFI) - Global Policy Forum' s को बैठक चलिरहेको छ ।