शनिबार, असार १३,२०८३ 06:15:35
Bizshala
  • शनिबार, असार १३,२०८३ 06:15:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कक्षाकोठामा नेपाली भाषा बोलेको निहुँमा विद्यार्थीबाट जरिवाना नलिन महानगरको निर्देशन

Laxmi Sunrise Bank Limited
कक्षाकोठामा नेपाली भाषा बोलेको निहुँमा विद्यार्थीबाट जरिवाना नलिन महानगरको निर्देशन

काठमाण्डौ । काठमाण्डौका विद्यालयहरुले कक्षाकोठामा नेपाली भाषा बोलेको निहुँमा विद्यार्थीबाट जरिवाना लिन नपाउने भएका छन् । काटमाण्डौ महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यालयहरूका नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

महानगरपालिकाले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशन समेत दिएको छ । महानगरपालिका अन्तर्गतका शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयहरूले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासोप्रति महानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ,’ महानगरले भनेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.