कक्षाकोठामा नेपाली भाषा बोलेको निहुँमा विद्यार्थीबाट जरिवाना नलिन महानगरको निर्देशन
काठमाण्डौ । काठमाण्डौका विद्यालयहरुले कक्षाकोठामा नेपाली भाषा बोलेको निहुँमा विद्यार्थीबाट जरिवाना लिन नपाउने भएका छन् । काटमाण्डौ महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यालयहरूका नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।