काठमाण्डौ महानगरको बजेट आकार बढ्यो, रु.२५.८८ अर्ब विनियोजन
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि पौने २६ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्दै आगामी आवको लागि काठमाण्डौ महानगरपालिकाको लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट विनियोजन भएको बताईन् ।काठमाण्डौ महानगरपालिकाले चालु आवका लागि २५ अर्ब ११ करोड ४३ लाख ४१...

