बुधबार, असार २५,२०८२ 06:29:02
  • बुधबार, असार २५,२०८२ 06:29:02
Global IME Bank Limited

यी ब्राण्डका पानी पिउँदै हुनुहुन्छ ? भेटियो दिसामा पाइने कोलिफर्म, गरियो २ लाख दरले जरीवाना

Hyundai Nepal
यी ब्राण्डका पानी पिउँदै हुनुहुन्छ ? भेटियो दिसामा पाइने कोलिफर्म, गरियो २ लाख दरले जरीवाना
Shivam Cement

काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीको बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिकाले यी ब्राण्डका पानीमा मा ‘फिकल कोलिफर्म’ भेटिएकाले प्रत्येक ब्रान्डलाई २ लाख रुपैयाँ जरिबानासहित बिक्री वितरणमा रोक लगाएको हो ।  

नमुना परीक्षण गरिएका २१ मध्ये ११ मा ब्राण्डका पानीमा फिकल कोलिफर्म देखिएको हो । प्रति १ सय मिलिलिटर नमुना परीक्षणमा ‘कोलोनी फर्मिङ युनिट’ मापदण्ड विपरीत देखिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो फिकल कोलिफर्म दिसामा पाइन्छ ।  

महानगरपालिकाले टोखा नगरपालिका–८ स्थित पञ्चरत्न ग्रुप, टोखा–८ मा रहेको पिस स्प्रिङ वाटर, अक्वा एसएनएस बेभरेज, कोलभोतेश्वर ब्रान्ड, कागेश्वरी मनोहरामा सञ्चालित उत्तरबाहिनी फुड एन्ड बेभरेज र गोकर्णेश्वरको अक्वा सुन्दरी उद्योगलाई प्रबिन्ध र कारवाही गरेको छ ।  

यस्तै कागेश्वरी मनोहरा–६ को स्नो क्युब ड्रिंकिङ वाटर, गोकर्णेश्वरको स्तुपा इन्डस्ट्रीको उत्पादन क्युब प्रोसेस ड्रिंकिङ वाटर,गोकर्णेश्वरको मुनलाइट स्प्रिङ मिनरल वाटर, अक्वा कपन र अक्वा गौरशंकरलाई समेत कारवाही गरेको छ ।  

कारबाही गरिएका पानी ब्रान्डले फिकल कोलिफर्म शून्य देखिएपछि बिक्री वितरण गर्न पाउने छन् । महानगरले गत भदौ १२ देखि २८ भदौमा विभिन्न स्थानबाट २० वटा पानीको नमुना संकलन गरेको थियो । साथै, उपभोक्ताले गुनासो गरेपछि थप एउटाको नमुना संकलन गरी काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.