आईतवार, फाल्गुन ३,२०८२ 06:05:12
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:05:12
Bizshala
Global IME Bank Limited

यी ब्राण्डका पानी पिउँदै हुनुहुन्छ ? भेटियो दिसामा पाइने कोलिफर्म, गरियो २ लाख दरले जरीवाना

यी ब्राण्डका पानी पिउँदै हुनुहुन्छ ? भेटियो दिसामा पाइने कोलिफर्म, गरियो २ लाख दरले जरीवाना
Shivam Cement

काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीको बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिकाले यी ब्राण्डका पानीमा मा ‘फिकल कोलिफर्म’ भेटिएकाले प्रत्येक ब्रान्डलाई २ लाख रुपैयाँ जरिबानासहित बिक्री वितरणमा रोक लगाएको हो ।  

नमुना परीक्षण गरिएका २१ मध्ये ११ मा ब्राण्डका पानीमा फिकल कोलिफर्म देखिएको हो । प्रति १ सय मिलिलिटर नमुना परीक्षणमा ‘कोलोनी फर्मिङ युनिट’ मापदण्ड विपरीत देखिएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो फिकल कोलिफर्म दिसामा पाइन्छ ।  

महानगरपालिकाले टोखा नगरपालिका–८ स्थित पञ्चरत्न ग्रुप, टोखा–८ मा रहेको पिस स्प्रिङ वाटर, अक्वा एसएनएस बेभरेज, कोलभोतेश्वर ब्रान्ड, कागेश्वरी मनोहरामा सञ्चालित उत्तरबाहिनी फुड एन्ड बेभरेज र गोकर्णेश्वरको अक्वा सुन्दरी उद्योगलाई प्रबिन्ध र कारवाही गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै कागेश्वरी मनोहरा–६ को स्नो क्युब ड्रिंकिङ वाटर, गोकर्णेश्वरको स्तुपा इन्डस्ट्रीको उत्पादन क्युब प्रोसेस ड्रिंकिङ वाटर,गोकर्णेश्वरको मुनलाइट स्प्रिङ मिनरल वाटर, अक्वा कपन र अक्वा गौरशंकरलाई समेत कारवाही गरेको छ ।  

कारबाही गरिएका पानी ब्रान्डले फिकल कोलिफर्म शून्य देखिएपछि बिक्री वितरण गर्न पाउने छन् । महानगरले गत भदौ १२ देखि २८ भदौमा विभिन्न स्थानबाट २० वटा पानीको नमुना संकलन गरेको थियो । साथै, उपभोक्ताले गुनासो गरेपछि थप एउटाको नमुना संकलन गरी काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.