मंगलवार, आश्विन १३,२०८३ 07:14:12
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:14:12
Bizshala
Global IME Bank Limited

नयाँ सत्ता गठबन्धनका दलबीच ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई

Bizshala
नयाँ सत्ता गठबन्धनका दलबीच ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई
New Office

काठमाण्डौ । आज मात्र बनेको नयाँ सत्ता गठबन्धनमा प्रारम्भिक चरणमा सहभागी मुख्य ४ दलबीच ८ बुँदे सहमति भएको छ ।  

कांग्रेस नेतृत्वको पुरानो गठबन्धन भत्काएर नयाँ समीकरण बनेलगत्तै ३ बिनाविभागीय मन्त्रीसहित सानो आकारको मन्त्रीपरिषद गठन भएको केही समयपछि दलहरुबीच ८ बुँदे सहमति भएको हो ।  

प्रतिनिधिसभाको दोश्रो ठूलो दल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच यस्तो सहमति भएको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जनचाहनाअनुरुप सुशासन, विकास र सामाजिक न्यायका आकांक्षा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तराष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरुप संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढंगले अघि बढ्न ४ दलको सहभागितामा संयुक्त सरकार गठन गर्ने र सरकारको नेतृत्व पुष्पकमल दाहाल(प्रचण्ड)ले गर्ने सहमति भएको छ ।  

यस्तै, राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार र उपाध्यक्षमा एमालेको उम्मेद्वारलाई समर्थन गर्ने सहमति समेत बनेको छ ।  

सरकारमा सहभागी दलहरुबीच आपसी समझदारीमा मन्त्रालय बाँडफाँड गर्ने, त्यसरी बाँडफाँड गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने र नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग संवाद अघि बढाउने समेत सहमति बनेको छ ।  

संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानून निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरुबीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने सहमति समेत भएको छ ।  

चार राजनीतिक दलबीच समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायीत्वको दिशामा अघि बढ्ने सहमति समेत बनेको बुँदा नम्बर ८ मा उल्लेख छ ।  

सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष प्रचण्ड, रास्वपाका अध्यक्ष रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।  

सहमति यस्तो छः

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.