आईतवार, बैशाख ६,२०८३ 11:53:50
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:53:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबीच सहकार्यको समझदारी

Bizshala
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबीच सहकार्यको समझदारी
Shivam Cement

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो ।  

सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले हरित अर्थतन्त्रको विकासमा टेवा पुग्नेगरी व्यवसायिक निरन्तर योजना कार्यन्व्यनका लागि पहल गरिने बताए । उनले भने ‘जलवायु परिवर्तनका कारण व्यवसायमा पर्ने असरको अध्ययन र सो संग सम्वन्धित नीतिको तर्जुमा गर्न तीनै तहको सरकासंग पहल गर्न आवश्यक छ, ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगहरुमा बिपदको असरको अध्ययन गर्नुपर्ने र सोको न्यूनीकरणका लागि बीमा लगायतका व्यवस्थाहरुमा सचेतना जगाउनुपर्ने बताए ।

CG Motors
Garima Development Bank
IME remit

युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकुले निजी क्षेत्रको संलग्नतामा स्थायी प्रकृतिको बिपद प्रतिकार्य कोष स्थापना गर्नुपर्ने बताए । जलवायु परिवर्तनले औद्योगिक र व्यवसायिक क्षेत्रमा परेको असर न्यूनीकरणका लागि निजी क्षेत्रले नै अग्रणी भूमिका खेल्दा प्रभावकारी हुने उनको भनाई छ । नेपाल चेम्बर र युएनडीपीले काभ्रेको नमोवुद्ध र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्ननिर्माण र जिविकोपार्जनबारे सहकार्य गरेका थिए ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.