सोमबार, असार २,२०८२ 09:26:33
  • सोमबार, असार २,२०८२ 09:26:33
Global IME Bank Limited

९० मेगावाटको मर्स्याङदी नदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पुरा

Hyundai Nepal
९० मेगावाटको मर्स्याङदी नदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पुरा
Nabil Bank Limited

काठमाण्डौ । ९० मेगावाटको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कुमारी बैक लिमिटेडको अगुवाईमा बैशाख ३१ गते लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदीमा एमए पावर प्रालिले यो जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।  

लगानी सम्झौता एमए.पावर प्रालिका अध्यक्ष  अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैक, प्रभु बैक, सिद्धार्थ बैक,कृषि विकास बैक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक , लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्वपूँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपूँजी लगानी रहने कम्पनीका अध्यक्षले बताए । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मेवा निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग २०८० कार्तिक ०१ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति(आरसीओडी) २०८६ साल बैशाख २२ रहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन(ईआए) स्वीकृतीका लागी सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले बताए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०÷१३२ केभीमा जोडिने छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.