• बिहीबार, भाद्र २६,२०८२ 04:31:38
Global IME Bank Limited

ट्रम्प भ्रमणको सफलताः कतार एयरवेजले बोइङका १६० वटा विमान खरिद गर्ने

Hyundai Nepal
ट्रम्प भ्रमणको सफलताः कतार एयरवेजले बोइङका १६० वटा विमान खरिद गर्ने

काठमाण्डौ । अमेरिकी हवाई जहाज निर्माता कम्पनी बोइङले वाइडबडी विमानका लागि हालसम्मकै ठूलो खरिद सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको क्रममा कतार एयरवेज र बोइङबीच यस्तो सम्झौता भएको हो ।  

जसअन्तर्गत कतार एयरवेजले बोइङको १६० वटा जेटलाइनर खरिदका लागि अर्डर गरेको छ । यसका साथै कम्पनीले थप ५० वटा विमान समेत खरिद गर्ने विकल्प पेश गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जीई येरोस्पेश इन्जिन भएको बोइङ ७७७एक्स र ७८७को खरिद सम्झौताको मूल्य ९८ अर्ब डलर रहेको छ । यो सम्झौतालाई ट्रम्पको कतार भ्रमणको सफलताको रुपमा व्याख्या गरिएको छ । यद्यपी यी जेट विमानहरु आपूर्ति गर्न भने अझै केहि वर्ष लाग्नेछ ,  

रोल्स रोयस इन्जिनबाट पावर्ड प्रतिष्पर्धि कम्पनीहरु एयरबस ए३५० ले खाडीका देशहरुसहित विश्वको उच्च तापक्रममा मर्मत सम्भारको समस्याको सामना गरिरहेका बेला बोइङले गरेको यो सम्झौता कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ ।  

सम्झौताअन्तर्गत बतार एयरवेजले १३० वटा ७८७ र ३० वटा ७७७ एक्स विमान खरिदको अर्डर गरेको छ । यो सम्झौता भएसँगै बोइङको सेयरमूल्य ०.६ प्रतिशतले बढेको छ भने जीई एरोस्पेशको मूल्य ०.७ प्रतिशतले बढेको छ ।   

 सम्झौता हस्ताक्षर समारोहमा डोनाल्ड ट्रम्प, कतारको शेख तमिम बिन हमाद अलि थानी,बोइङका सीईओ केली ओर्टबर्ग र कतार एयरवेजका सीईओ मोहमद अल–मिर सहभागी थिए । मंगलबार साउदी अरब भ्रमणपश्चात ट्रम्प कतार पुगेका थिए ।  

बोइङको ७७७एक्स अझैपनि विकासको चरणमा रहेको छ र यसको डेलिभरी सन् २०२६बाट सुरु हनेछ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.