ट्रम्प भ्रमणको सफलताः कतार एयरवेजले बोइङका १६० वटा विमान खरिद गर्ने
काठमाण्डौ । अमेरिकी हवाई जहाज निर्माता कम्पनी बोइङले वाइडबडी विमानका लागि हालसम्मकै ठूलो खरिद सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको क्रममा कतार एयरवेज र बोइङबीच यस्तो सम्झौता भएको हो । जसअन्तर्गत कतार एयरवेजले बोइङको १६० वटा जेटलाइनर खरिदका लागि अर्डर गरेको छ । यसका साथै कम्पनीले थप ५० वटा विमान समेत खरिद गर्ने विकल्प पेश गरेको छ ।