सोमबार, असार २,२०८२ 11:26:36
  • सोमबार, असार २,२०८२ 11:26:36
Global IME Bank Limited

कतार एयरलाइन्सले भर्जिन अष्ट्रेलियाको २५% स्वामित्व खरिद गर्ने

Hyundai Nepal
कतार एयरलाइन्सले भर्जिन अष्ट्रेलियाको २५% स्वामित्व खरिद गर्ने
Nabil Bank Limited

काठमाण्डौ । कतार एयरलाइन्सले अष्ट्रेलियाको भर्जिन अष्ट्रेलिया एयरलाइन्सको २५ प्रतिशत स्वामित्व खरिद गर्ने योजना बनाएको छ । यसे विषयमा दुवै एयररलाइन्सबीच छलफल भईरहेको छ ।  

यस्तै भर्जिन एयरलाइन्सले अष्ट्रेलियाको ब्रिसबेन,मेलबर्न,पर्थ र सिड्नीबाट कतारको दोहामा सन् २०२५ को मध्यसम्म उडान गर्ने योजना बनाएको छ । यो सम्झौताले अष्ट्रेलियाको हवाई क्षेत्रमा दबदबा कायम राख्दै आएको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरवेजलाई कडा टक्कर दिने विश्वास गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपी यो सम्झौतामा अष्ट्रेलियाको सरकारको हस्ताक्षर हुनु पर्नेछ । अष्ट्रेलियाको सरकाररले गत वर्ष कतार एयरवेजलाई सिड्नी,मेलबर्न ब्रिसबेन र पर्थमा अतिरित्त उडान सुविधा दिने प्रस्ताव अस्विकार गरेको थियो ।  

कतार एयरलाइन्ससँगको सम्झौताले कम्पनीले घरेलुस्तरमा प्रतिस्पर्धा गर्न एउटा महत्वपूर्ण साझेदारका साथै विशेषज्ञता पाउने भर्जिन अष्ट्रेलियाका सीईओ जेन हिड्लिकाले बताएका छन् ।  

अष्ट्रेलियामा क्वान्टास एयरवेजले ६२ प्रतिशत हिस्सा आगटेको छ भने भर्जिन एयरवेजको बजार हिस्सा ३१ प्रतिशत रहेको छ । भर्जिन एयरवेन कोरोना महामारीको बेला टाट पल्टिएको थियो र सन् २०२० मा यसको पुनरुत्थान गरिएको थियो ।  

कम्पनीले गत जर्ष १.७ अर्ब डलरबराबरको आईपीओ निष्काशनको योजना स्थगित गरेको थियो ।  

कतार एयरवेजले पछिल्लो समय विश्वव्यापी रुपमा आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । कम्पनीले अफ्रिकाका थुप्रै एयरलाइन्स कम्पनीको स्वामित्व खरिद गर्ने घोषणा गरेको छ । कम्पनीले दक्षिण अफ्रिकाको एसए एयरलिंकको २५ प्रतिशत स्वामित्व खरिद गर्ने र रुवान्डा एयरको ४९ प्रतिशत स्वामित्व लिने घोषणा गरेको छ । कतार एयरवेज ब्रिटिस एयरवेजको मालिक आइएजी एसएको सबैभन्दा ठूलो सेयरधनी हो ।  

यस्तै कम्पनीसँग हङकङमा आधारित क्याथे प्यासेफिक र लाथम एयरलाइन्स ग्रुपको १० प्रतिशत हिस्सा रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.