शुक्रबार, जेष्ठ १,२०८३ 06:01:54
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:01:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कतार एयरलाइन्सले भर्जिन अष्ट्रेलियाको २५% स्वामित्व खरिद गर्ने

Laxmi Sunrise Bank Limited
कतार एयरलाइन्सले भर्जिन अष्ट्रेलियाको २५% स्वामित्व खरिद गर्ने
Shivam Cement

काठमाण्डौ । कतार एयरलाइन्सले अष्ट्रेलियाको भर्जिन अष्ट्रेलिया एयरलाइन्सको २५ प्रतिशत स्वामित्व खरिद गर्ने योजना बनाएको छ । यसे विषयमा दुवै एयररलाइन्सबीच छलफल भईरहेको छ ।  

यस्तै भर्जिन एयरलाइन्सले अष्ट्रेलियाको ब्रिसबेन,मेलबर्न,पर्थ र सिड्नीबाट कतारको दोहामा सन् २०२५ को मध्यसम्म उडान गर्ने योजना बनाएको छ । यो सम्झौताले अष्ट्रेलियाको हवाई क्षेत्रमा दबदबा कायम राख्दै आएको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरवेजलाई कडा टक्कर दिने विश्वास गरिएको छ ।  

Bizshala
New Office
CG Motors

यद्यपी यो सम्झौतामा अष्ट्रेलियाको सरकारको हस्ताक्षर हुनु पर्नेछ । अष्ट्रेलियाको सरकाररले गत वर्ष कतार एयरवेजलाई सिड्नी,मेलबर्न ब्रिसबेन र पर्थमा अतिरित्त उडान सुविधा दिने प्रस्ताव अस्विकार गरेको थियो ।  

कतार एयरलाइन्ससँगको सम्झौताले कम्पनीले घरेलुस्तरमा प्रतिस्पर्धा गर्न एउटा महत्वपूर्ण साझेदारका साथै विशेषज्ञता पाउने भर्जिन अष्ट्रेलियाका सीईओ जेन हिड्लिकाले बताएका छन् ।  

अष्ट्रेलियामा क्वान्टास एयरवेजले ६२ प्रतिशत हिस्सा आगटेको छ भने भर्जिन एयरवेजको बजार हिस्सा ३१ प्रतिशत रहेको छ । भर्जिन एयरवेन कोरोना महामारीको बेला टाट पल्टिएको थियो र सन् २०२० मा यसको पुनरुत्थान गरिएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीले गत जर्ष १.७ अर्ब डलरबराबरको आईपीओ निष्काशनको योजना स्थगित गरेको थियो ।  

कतार एयरवेजले पछिल्लो समय विश्वव्यापी रुपमा आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । कम्पनीले अफ्रिकाका थुप्रै एयरलाइन्स कम्पनीको स्वामित्व खरिद गर्ने घोषणा गरेको छ । कम्पनीले दक्षिण अफ्रिकाको एसए एयरलिंकको २५ प्रतिशत स्वामित्व खरिद गर्ने र रुवान्डा एयरको ४९ प्रतिशत स्वामित्व लिने घोषणा गरेको छ । कतार एयरवेज ब्रिटिस एयरवेजको मालिक आइएजी एसएको सबैभन्दा ठूलो सेयरधनी हो ।  

यस्तै कम्पनीसँग हङकङमा आधारित क्याथे प्यासेफिक र लाथम एयरलाइन्स ग्रुपको १० प्रतिशत हिस्सा रहेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X