काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको गभर्नरमा योग्य व्यक्ति नियुक्त हुने बताएका छन् । बिहिबार काठमाण्डौमा पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यताक्रमका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्त हुने बताएका हुन् ।
यस्तै उनले गभर्नर नियुृक्तिमा आफ्नो चाहनाले मात्रै काम नगर्ने बताए ।
उक्त अवसरमा उनले राष्ट्र बैंकमा आफ्नो कुनैपनि इच्छाइएको व्यक्ति नल्याउने बताउदै काम गर्ने व्यक्ति भए नियुक्त गर्न कुनै कठिनाई नभएको स्पष्ट पारे । ‘मेरो मान्छे भन्ने चाहिदैन, म प्रधानमन्त्री हो तर सरकारमा म एक्लो छैन । त्यसैले योग्य व्यक्तिलाई महत्व दिन्छु,’ उनले भने ।
तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भएसँगै राष्ट्र बैंकको गभर्नर पद गत चैत २४ गतेदेखि रिक्त रहेको छ ।