मंगलवार, असार ९,२०८३ 06:35:09
Bizshala
  • मंगलवार, असार ९,२०८३ 06:35:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाकिस्तानलाई समर्थन गरेको टर्कीप्रति कठोर बन्दै भारत, उठायो यस्तो कदम

Laxmi Sunrise Bank Limited
पाकिस्तानलाई समर्थन गरेको टर्कीप्रति कठोर बन्दै भारत, उठायो यस्तो कदम

काठमाण्डौ । भारत र पाकिस्तानबीचको तनावका बीच टर्कीले पाकिस्तानलाई दिएको समर्थनलाई लिएर भारत सरकारले कडा अडान लिएको छ । भारत सरकारले अब भारतभर चलिरहेका टर्की लगानी परियोजनाहरूको समीक्षा गर्न लागेको छ। यसको प्रत्यक्ष असर यूपी र दिल्ली सहित देशका ५ राज्यमा चलिरहेको मेट्रो, सुरुङ र निर्माण परियोजनामा ​​पर्न सक्ने जनाइएको ।

टर्कीले भारतमा धेरै विदेशी लगानी गरेको छ । अप्रिल २००० देखि सेप्टेम्बर २०२४ सम्म टर्कीबाट २४  करोड डलरबराबरको प्रत्यक्ष वैदेशिक लगानी भारतमा आएको छ। टर्की भारतमा लगानी गर्ने ४५ औं स्थानमा रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

आर्थिक वर्ष २०२३/२४ मा दुई देशबीच १०.४ अर्ब डलरको द्विपक्षीय व्यापार भएको छ। टर्कीका कम्पनीहरूले देशका पाँच राज्यहरू, यूपी, दिल्ली, मुम्बई, गुजरात र जम्मू(कश्मीरमा आईटी, मेट्रो रेल र टनेललगायत विभिन्न प्रकारका परियोजनाहरूमा काम गरिरहेका छन्। यसबाहेक टर्कीका कम्पनीहरूले भारतमा निर्माण र प्रविधि जस्ता क्षेत्रमा लगानी गरेका छन् । लखनऊ, पुणे र मुम्बईमा मेट्रो परियोजनाहरू र गुजरातमा निर्माण इकाईहरू यसका उदाहरण हुन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बिहीबार भारत सरकारले टर्कीको उड्डयन कम्पनी सेलेबीको सेक्युरिटी क्लियरेन्स खारेज गरेको छ । यो कम्पनीले भारतका ९ वटा विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ । अब यो कम्पनीले यी विमानस्थलमा आफ्नो सेवा उपलब्ध गराउन सक्नेछैन । अर्कोतर्फ केन्द्र सरकारले टर्कीका अन्य कम्पनीका सबै सरकारी तथा निजी आयोजनाको जानकारी संकलन गर्न थालेको छ । यी कम्पनीहरूको भूमिका र हिस्सेदारी समीक्षा गरी आवश्यक कारबाही गरिनेछ। राष्ट्रिय हितमा असर परे यी कम्पनीलाई आयोजनाबाट हटाउन पनि सकिने भारतीय अधिकारीहरुको भनाइ छ ।

भारत र टर्कीबीचको आयात÷निर्यात पनि आगामी दिनमा बन्द हुन सक्ने जनाइएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.