काठमाण्डौ । सिटिजन्स बैंक डिजिटलाइजेसनमा थप अग्रेसिभ बन्दै गइरहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु डिजिटलाइजेसनमा केन्द्रीत भइरहँदा सिटिजन्स बैंकले भने नयाँ फड्को नै मारेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कोर सिस्टम धेरै नै डिजिटलाइज भइसकेको छ भने ग्राहकहरुले लिने सेवामा पनि उल्लेख्य प्रगति देख्न सकिन्छ ।
नेपाल राष्ट्रबैंकले समेत सिँगो बैंकिङ प्रणाली नै डिजिटलाइसेन प्रक्रियामा सामेल हुन र क्यासलेस प्रणालीलाई प्राथमिकतामा राख्दै आएको छ ।
केन्द्रीय बैंकले लिएको क्यासलेस र डिजिटलाइजेसनको नीतिलाई समर्थन गर्दै सिटिजन्स बैंकले यस्तो थुप्रै बैंकिङ सुविधाहरु अहिले अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था गरेको छ ।
पैसा डिपोजिट गर्न, ऋण तथा कर्जा माग र मोबाइल बैंकिङ लगायत सम्पूर्ण वित्तीय सेवाहरु घरबाटै लिन सकिने समेत व्यवस्था बैंकले गरेको छ । डिजिटल प्रविधिको जोडसँगै ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गर्दै बैंकले ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा ल्याएको छ ।
बैंकले पहिलो पटक भर्चुअल क्रेडिट कार्ड प्रयोगमा ल्याएको हो । जुन यतिबेला ग्राहकहरुका लागि दैनिक जीवनका लागि सहज बनिदिएको छ । बैंकले गत वर्ष वैशाख ७ गते सञ्चालनमा ल्याएको भर्चुअल क्रेडिट कार्डको प्रयोगकर्ता उल्लेख्य बढेको बैंकले जनाएको छ ।
डिजिटलाइजेसनमा एकछत्र राज गरेको सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्डले ग्राहकहरुको दैनिक जीवनमा सहजता पैदा गरेको छ, जसकारण ग्राहकहरुबाट समेत राम्रो प्रतिक्रिया आएको बैंकले जनाएको छ ।
बैंककाअनुसार हालसम्म उल्लेख्य संख्यामा ग्राहकहरुले भर्चुअल क्रेडिट कार्डको प्रयोग गरिरहेका छन् । यो सुविधा लिने ग्राहकहरुको संख्या दैनिक रुपमा ३५–४० प्रतिशतको ग्रोथ भइरहेको बैंकका क्रेडिट कार्ड युनिटका प्रमुख समिर अधिकारीले बताए ।
‘यो भर्चुअल क्रेडिट कार्ड चलाउन पनि सजिलो भएकाले अहिले ग्राहकहरुसमक्ष लोकप्रिय बन्नुका साथै यसले थप सहजता समेत बनाएको छ’ उनले भने, ‘विशेषगरी यो कार्ड मध्यम आम्दानी भएका ग्राहकहरुका लागि प्रभावकारी छ, सीमित आम्दानी भएका ग्राहकलाई आफ्नो आवश्यकता पूर्ति गर्न यो कार्डले मद्दत गर्दछ ।’
साथै सिटिजन्स बैंकको यो भर्चुअल क्रेडिट कार्ड शहरी क्षेत्र नभई देशको जुनसुकै क्षेत्रमा समेत प्रयोग गर्न सकिने उनले बताए । ‘अहिलेको डिजिटल युगमा जुन–जुन क्षेत्रमा क्युआर कार्ड चल्छ त्यो सबै क्षेत्रमा सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्डबाट ग्राहकहरुले आफूलाई चाहिएको सामान खरिद गर्न वा रकम भुक्तानी गर्न सक्नेछन्’ उनले भने, ‘हाम्रो मुख्य लक्ष्य भनेकै डिजिटल क्षेत्रमा नयाँ फड्को मार्नु हो, साथै ग्राहकलाई थप सुविधा दिन वार्षिकोत्सवको अवसरमा इन्नोभेटिभ प्रडक्ट ल्याएका हौं, जसबाट ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ ।’
नेपाल राष्ट्रबैंकको तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्यामध्ये ३ लाख १० हजार जनताले क्रेडिट कार्ड प्रयोग गरेका छन् । सिटिजन्स बैंकमा भर्चुअल क्रेडिट कार्डको सुविधा लिएका ग्राहकहरुमा ९५ प्रतिशतले यो सुविधा प्रयोग गरिरहेका अधिकारीले बताए ।
‘यो कार्डको सुविधा लिने प्रक्रिया र प्रयोग दुबै सहज भएकाले जुन–जुन ग्राहकहरुले यो सेवा लिनुभएको छ, अधिकांशले प्रयोग पनि गरिरहनुभएको छ’ उनले भने, ‘आम्दानीको स्रोत नभएका ग्राहकहरुलाई पनि यो कार्ड प्रभावकारी बनेको छ, हामीले २० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म शुल्क उपभोग गर्न सकिने व्यवस्था राखेका छौं । ग्राहकहरुले यो सेवा लिनका लागि ५०० रुपैयाँमात्रै चार्ज तिर्नुपर्नेछ ।’
साथै अधिकारीकाअनुसार सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड प्रयोगकर्ताले ४५ दिनसम्म अतिरिक्त शुल्क केही पनि नलिइकन ढुक्कसँग क्रेडिट कार्डबाट रकम उपभोग गर्न सक्नेछन् । ४५ दिन कटिसकेपछि भने ग्राहकहरुले आफूले उपभोग गरेको रकमको २ प्रतिशत दरले चार्ज तिर्नुपर्ने उनले बताए ।
भर्चुअल क्रेडिट कार्ड क्यूआर कोड स्क्यान गरेर किनमेल गर्न, भविष्यमा नेपालभित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ईएमआईको सुबिधा पनि रहेको छ । बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधिभित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ ।
साथै, ग्राहकहरुको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि शतप्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो । यसलाई ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशनमार्फत नै यो प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् ।
‘राष्ट्रबैंकको नीतिका लागि कोसेढुङ्गा’
सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड नेपाल राष्ट्र बैंकले लिएको डिजिटलाइजेसन नीतिका लागि कोसेढुङ्गा रहेको अधिकारीको दाबी छ ।
‘डिजिटलाइजसेनमा नयाँ फड्को मार्न हामीले यो कार्ड सेवा सञ्चालनमा ल्याएका हौं, यसबाट ग्राहकहरुलाई समेत दैनिकी जीवनमा सहजता भइरहेको छ’ उनले भने, ‘नेपाल राष्ट्र बैंकले बैैंक तथा वित्तीय संस्थालाई डिजिटल प्रणालीको विकास गर्न निर्देशन दिएबमोजिम हामीले यो कार्डसँगै यस्ता विभिन्न सेवाहरु ल्याएका छौं ।’
भर्चुअल क्रेडिट कार्डसँगै सिटिजन्स बैंकले यस्ता थुप्रै सेवाहरु डिजिटल रुपमै गर्न सकिने व्यवस्था सिर्जना गरेको छ । जसकारण बैंकले सन् २०२४ मा समेत ‘बैंक अफ द इयर’को अवार्ड समेत प्राप्त गरेको थियो ।
बैंकले डिजिटलाइसेजनमा फोकस गर्दै ग्राहकहरुलाई सेवा सुविधा दिएकै कारण बैंक अफ द इयरको अवार्ड प्राप्त गरेको अधिकारीको भनाई छ । ‘हामीले गत वैशाख महिनाभरि यो कार्ड प्रयोगकर्ताको संख्या बढाउन जारी शुल्क मिनाहा गरेका थियौं’ उनले भने, ‘आगामी दिनमा पनि ग्राहकहरुको प्रतिक्रिया लिंदै थप परिष्कृत गर्दै लैजाने र ग्राहकमैत्री बनाउन ‘इएमआई’को सुविधा थप्ने योजनामा छौं ।’
यस्तो छ भर्चुअल क्रेडिट कार्ड लिने प्रक्रिया
सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड लिन चाहाने ग्राहकले सर्वप्रथम बैंकमा खाता खालेर यो सेवा लिन सक्नेछन् । त्यसपछि मोबाइल बैंकिङ अनिवार्य हुन्छ । मोबाइल बैंकिङ सेवा सुरु गरिसकेपछि ग्राहकले बैंकको जुनसुकै शाखाबाट पनि भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एपसँग आबद्ध हुने एउटा फिचर हो । बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त एपमा भर्चुअल कार्ड अप्सनमार्फत् यो सेवा सुरु गर्न सक्नेछन् ।
मासिक आम्दानीको विवरण पेश गरिसकेपछि बैंकले कतिसम्म रकम उपभोग गर्न दिने भनेर लिमिट सेट गरिदिनेछ । सिटिजन्स बैंकमा खाता भएका ग्राहकले मोबाइल बैंकिङमार्पmत सोझै यो कार्ड सेवाको लागि अप्लाई गर्न सक्नेछन् ।
साथै बैंकमा खाता नभएका ग्राहकले खाता खोलेर यो कार्डका लागि समेत सानो फर्म भरेर यो सेवा लिन सक्नेछन् । फर्म अप्लाई गरेको २–३ दिनभित्रै उक्त ग्राहकले भर्चुअल क्रेडिट कार्डको सेवा लिन सकिने बैंकले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                