सोमबार, श्रावण १८,२०८३ 03:36:35
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:36:35
Bizshala
Global IME Bank Limited

फेसबुक, इन्स्टा नचल्दा प्रयोगकर्ता हैरान, मेटाको प्रवक्ताले भने-'समस्या समाधानको प्रयास जारी छ'

फेसबुक, इन्स्टा नचल्दा प्रयोगकर्ता हैरान, मेटाको प्रवक्ताले भने-'समस्या समाधानको प्रयास जारी छ'
New Office

काठमाण्डौ । मेटा कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्महरुमा एकाएक समस्या देखिएको छ ।  

विशेष गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा एकाएक समस्या देखिएको हो । लगइन भइरहेका अकाउण्टहरु एकाएक लगआउट हुने, पासवर्ड हाल्दा समेत पासवर्ड नमिलेको वा अन्य केही समस्या भएको म्यासेज आउने समस्या विश्वका लाखौं प्रयोगकर्ताहरुले भोगेका मिडिया रिपोर्टहरुमा जनाइएको छ । 

आउटेज ट्याकर डाउनडिटेक्टरमा मात्रै संसारभरका ५ लाख बढी फेसबुक प्रयोगकर्ताले अकाउण्टमा समस्या आएको रिपोर्ट गरेका सिएनएनले जनाएको छ । ५ लाखभन्दा बढी इन्ष्टाग्राम प्रयोगकर्ता तथा १० हजार बढी फेसकुब मेसेञ्जरका प्रयोगकर्ताबाट पनि समस्या आएको रिपोर्ट पोस्ट भएको छ ।  

एलन मस्कको एक्सको प्रतिस्पर्धी प्ल्याटफर्म थ्रेड्स पनि डाउन भएको समाचारमा उल्लेख गरिएको छ । थ्रेड्सका हजारौं प्रयोगकर्ताले केही गडबड भयो, पछि पुनः प्रयास गर्नुहोला भन्ने पपअप म्यासेज देखिएको रिपोर्ट गरेका छन् ।  

मेटाका प्रवक्ता एण्डी स्टोनले एक्समा स्टाटस राख्दै भनेका छन् ः हाम्रा सेवाहरु लिन मानिसहरुलाई निकै ठूलो समस्या भइरहेको विषयमा हामी जानकार छौं । हामी समस्या समाधानका लागि प्रयासरत छौं ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.