काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध रोक्न भ्याटिकन मध्यस्थता गर्न सुझाव दिएका छन् । यसलाई इटालीले पनि समर्थन गरेको छ ।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको कार्यालयले इटाली युक्रेनमा ‘सम्पर्क निर्माण गर्न र शान्तिका लागि काम गर्न तयार रहेको जनाएको छ । र भ्याटिकनमा वार्ताको आयोजना गर्न पोपको इच्छालाई सकारात्मक रुपमा लिएको कार्यालयले जनाएको छ ।
तर, यस विषयमा अहिलेसम्म सहमति हुन सकेको छैन ।
गत शुक्रबार टर्किएमा रुसी र युक्रेनी अधिकारीबीच भेटवार्ता भएको थियो । यस बैठकमा रुसले धेरै नयाँ माग राखेको छ । पोप लियोले गत हप्ता भ्याटिकन दुई देशलाई एकसाथ ल्याउन सधैं तयार रहेको र शान्ति स्थापना गर्न हर सम्भव प्रयास गर्ने बताएका थिए ।
तर भ्याटिकनले ट्रम्पले सुझाव दिएको मध्यस्थता अहिलेको विकल्प र आशा रहेको बताएको छ ।