बुधबार, फाल्गुन ६,२०८२ 05:53:44
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:53:44
Bizshala
Global IME Bank Limited

नवउद्यमशीलता प्रबर्द्धनका लागि अर्थमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

नवउद्यमशीलता प्रबर्द्धनका लागि अर्थमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२/८३ को बजेटमा नवउद्यमशीलता प्रवर्द्धनका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ। नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसले संयुक्त रूपमा गरेको बजेट तथा नीति संवाद कार्यक्रमको सुझाव अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई हस्तान्तरण गर्दै कांग्रेसले नवउद्यमशीलता प्रबर्द्धनका लागि ध्यानाकर्षण गराएको हो।  

बजेटको तयारीमा रहेका अर्थमन्त्री पौडेललाई उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप नीति पूर्ण कार्यान्वयन गर्न, नवउद्यमीलाई सस्तो ब्याजमा कर्जा, कर छुट लगायतका व्यवस्था गर्न सुझाव दिएको कांग्रेस केन्द्रीय सदस्य एवं पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख अजय बाबु शिवाकोटीले बताए। कर सुधारमा पनि ध्यान दिन आग्रह गर्दै शिवाकोटीले दोहोरो कर हटाई एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउन, कर कार्यालयमा जवाफदेहिता बढाउन र डिजिटल कर प्रणालीको विकास गर्नु पर्ने बताए । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अर्थमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा शिक्षामा सुधार गर्न, कृषि क्षेत्रमा विशेष ध्यान दिन, कर सुधार, उद्यमशीलता प्रवर्द्धन लगायतका रणनीतिक सुझावहरू छन्।  

सुझाव प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक बर्षको बजेटमा समेत उद्यमशीलता, नवप्रवर्तन तथा लघु उद्यमको सशक्तिकरणका विषय समेटिने प्रतिवद्धता जनाए। त्यसका लागि उचित वातावरण निर्माण गरी कार्यान्वयन पक्ष समेत सुदृढ बनाउने उनको भनाई थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सुझाव प्रतिवेदन बुझाउने क्रममा उद्यमशिल कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशिलताको मुद्दामा सरोकारवालाबीच प्रभावकारी छलफल मार्फत साझा धारणा बनाउन जरुरी रहेको बताए ।  

उद्यमशील कांग्रेसका महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दाहरुको प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई घच्घच्याईरहने बताए । 

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.