मंगलवार, कार्तिक ३,२०८३ 01:30:31
  • मंगलवार, कार्तिक ३,२०८३ 01:30:31
Global IME Bank Limited

नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह

Bizshala
नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलङ्काका उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । श्रीलङ्का भ्रमणका क्रममा अध्यक्ष अग्रवालले जलविद्युत, सूचना प्रविधिको क्षेत्र तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका हुन् । 

श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल श्रीलङ्का व्यापार एवं व्यवसाय सम्मेलनका क्रममा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि अधिक संभावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए  । नेशनल चेम्बर अफ कमर्स श्रीलङ्काका पदाधिकारीहरुसँगको भेटका क्रममा अध्यक्ष अग्रवालले नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण भईसकेको भन्दै वर्तमान आर्थिक नीतिगत व्यवस्थाले विदेशी लगानीकर्तामा उत्साह बढाएको उल्लेख गरे ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपालमा लगानीका क्षेत्रहरुबारे श्रीलङ्काका व्यवसायीहरुलाई जानकारी दिदैं अध्यक्ष अग्रवालले दुई देशका निजी क्षेत्रबीच ठोस रणनीतिक योजना सहित संयुक्त लगानी एवं व्यापार सहजीकरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । यसका लागि दुई पक्षीय भ्रमणलाई निरन्तरता दिनुपर्ने अग्रवालको भनाई छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रममा दुई मुलुकबीचको व्यापारिक अवसरहरु, लगानीको चुनौती नीति तथा कानूनी संरचना लगायतका विषयमा विस्तृत विषयमा छलफल भएको थियो । नेपालमा लगानीका लागि श्रीलङकाको निजी क्षेत्र सकारात्मक देखिएको अध्यक्ष अग्रवालले बताए ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.