बुधबार, श्रावण २०,२०८३ 12:21:56
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:21:56
Bizshala
Global IME Bank Limited

विदेश भ्रमण वा रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटहीसम्बन्धी यस्तो छ व्यवस्था

विदेश भ्रमण वा रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटहीसम्बन्धी यस्तो छ व्यवस्था
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेश भ्रमण र रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटहीको व्यवस्था गरेको छ । हालको व्यवस्थाअनुसार भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत प्रतिपटक अमेरिकी डलर २५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा प्राप्त गर्न सक्छन् ।

यस्तो सटही सुविधा आवश्यक कागजातको आधारमा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिन्छ ।

वैदेशिक रोजगारीको लागि जापान, दक्षिण कोरिया, यूरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया जाने नेपाली नागरिकको हकमा अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुकको हकमा अधिकतम अमेरिकी डलर २०० सम्म राहदानीबापत सटही सुविधा प्राप्त गर्न सक्छन्

राहदानी सुविधाबापत सटही सुविधा माग गर्ने व्यक्तिले हवाई टिकट, राहदानी र भिसाको प्रतिलिपि पेश गर्नुपर्दछ । राष्ट्र बैंकले विदेशी मुद्रा सटही सम्बन्धमा जानकार बन्न सबैलाई आग्रह गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.