काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद विस्तार गरेका छन् ।
सत्ता सहयात्री दलहरुबाट मन्त्रीहरुको सूची तयार भएसँगै उनले मन्त्रीपरिषद विस्तार गरेका हुन् ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेसँगै अहिले राष्टपति निवासमा सपथको कार्यक्रम भइरहेको छ ।
आजको मन्त्रीपरिषद विस्तारसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ मन्त्रीपरिषदमा एमालेले ८, माओवादीले ५, रास्वपाले ४ र समाजवादीले २ वटा मन्त्रालय पाएको छ ।
प्रधानमन्त्रीसहितको क्याबिनेट २० सदस्यीय बनेको छ ।
क्याबिनेटमा कुन दलबाट कसले कुन मन्त्रालयको जिम्मेवारी पाए ? हेरौं सूची:
नेकपा एमाले
१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री(प्रधानमन्त्रीपछि दोश्रो बरियता)
२.पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री
३. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री
४. राजेन्द्रकुमार राई, मन्त्री खानेपानी
५. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
६. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
७. हरि उप्रेती, रक्षा मन्त्री
८. ज्वालाकुमारी साह, कृषि मन्त्री
नेकपा (माओवादी केन्द्र)
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्रमन्त्री
२. वर्षमान पुन, अर्थमन्त्री
३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री
५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी
१. रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री
२.डोलप्रसाद अर्याल(डीपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री
३.विराजभक्त श्रेष्ठ, युवा तथा खेलकूद मन्त्री
४. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
एकीकृत समाजवादी
१.भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
२.धनबहादुर बुढा, शहरी विकास मन्त्री
जनता समाजवादी पार्टीले नयाँ सत्ता समीकरणमा सहभागिता जनाएर ८ बुँदे समझदारीमा हस्ताक्षर गरे पनि आज मन्त्री बन्नेहरुको नाम दिएन । सो लगायतका मधेशवादी दलहरु छुट्टै गठबन्धनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थालेको अभियानमा सहभागी भइरहेका छन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                