आईतवार, फाल्गुन ११,२०८१ 11:47:23
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:47:23
IME remit
Global IME Bank Limited

मधेशवादी दलबिनै सरकारलाई बहुमत, ३० दिनभित्र गठबन्धन भत्काउने अभियानमा देउवा

Hyundai Nepal
मधेशवादी दलबिनै सरकारलाई बहुमत, ३० दिनभित्र गठबन्धन भत्काउने अभियानमा देउवा
Nabil Bank Limited

काठमाण्डौ । सत्ताबाट च्यूत हुनु परेपछिको पीडा भुलाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको धोकाको बदला लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको नेतृत्वमा छुट्टै समीकरण बनाउने प्रयास सुरु गरेका छन् ।  

मधेशवादी दलहरुसँग देउवाले बुधबारदेखि नै छलफल थालेका हुन् । प्रतिनिधिसभामा ८९ सिट भएको कांग्रेसले साना दलहरुलाई मिलाएर नयाँ गठबन्धन बनाउने र ३० दिनभित्रमा प्रचण्डले संसदबाट विश्वासको मत लिनुपर्ने हुँदा त्यसबेला रोक्ने रणनीति लिएका छन् । तर, देउवालाई बाम एकताको स्पिरिटसहित अगाडि बढेका दलहरु सहभागी नयाँ सत्ता गठबन्धनमा खेलेर टुटफूट गराउन उति सजिलो भने देखिन्न ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यसो त देउवाले यो बीचमा रास्वपा सभापति रवि लामिछानेदेखि एमाले अध्यक्ष केपी ओली हुँदै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसम्मलाई प्रधानमन्त्रीको तुरुप फालिसकेका छन् । भलै त्यसले काम भने गरेन ।  

तर, कांग्रेसले सुरु गरेको नयाँ गठबन्धन निर्माणको अभियानमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि सहभागी हुने देखिएको छ । नयाँ सत्ता समीकरण बन्दा सुरुवातमा सहभागी चारमध्येको एउटा दल जसपाले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम नदिएका कारण समेत उसको भूमिकामाथि शंका उब्जिएको छ ।  

उपेन्द्र यादवले नयाँ सत्ता घटकलाई धोका दिएरै कांग्रेससँग सहमति नै गरेको खण्डमा समेत एमाले माओवादी नेतृत्वको नयाँ गठबन्धनलाई खासै फरक पर्ने भने देखिन्न ।  

हाल प्रतिनिधिसभामा एमालेको ७९ सिट रहेकोमा अहिले घटेर ७६ सिट रहेको छ । टोपबहादुर रायमाझीको पद निलम्बनमा परेको छ भने सुवास नेम्वांगको निधन भएपछि त्यो सिट पनि खालि छ । प्रतिनिधिसभाको सभामुख बनेपछि देवराज घिमिरेको ठाउँ पनि खालि छ ।

उता, माओवादी केन्द्रको सिट संख्या ३२ छ भने रास्वपाको २१ छ । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समेत गठबन्धनमा सहभागी भइसकेकोले सो दलको १० सिट छ । यसरी हिसाब गर्दा २७५ सदस्यीय प्रतिनिधिसभामा मधेशवादी दलहरु नमिलेको अवस्थामै पनि अन्य चारदलको कुल सिट संख्या १३९ पुगेको छ । बहुमतको सरकार बनाउन १३८ सिट भए पुग्छ ।  

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले मधेशको शक्तिलाई समेत सन्तुलनमा राख्नका लागि मधेशवादी दलहरुसँगको सम्वादलाई पनि जारी राखेका छन् । मन्त्रीपरिषद विस्तारको क्रममा भएको मन्त्रालय भागबण्डामा उपेन्द्र यादवले चित्त नबुझाएको र उनलाई कन्भिन्स गरेर सरकारमा सामेल गराउने प्रयास भइरहेको स्रोतले बताएको छ ।  

सिके राउत नेतृत्वको दललाई पनि यही गठबन्धनमा ल्याउने कोशिश प्रचण्डले जारी राखेका छन् । राउतले मधेशको मुख्यमन्त्री पाउनुपर्ने  विषयलाई आफ्नो बटमलाइन बनाएकोले प्रचण्डलाई अप्ठ्यारो परेको बुझिएको छ । मधेशमा एकअर्काका कट्टर विरोधीको रुपमा देखिएका उपेन्द्र यादव र सिके राउत एउटै गठबन्धनमा अटाउनसक्ने सम्भावना भने निकै न्यून देखिन्छ ।

महन्थ ठाकुर, रेशम चौधरी नेतृत्वका साना दलहरु भने कांग्रेससँग नै सहकार्यको पक्षमा देखिएका छन् । उनीहरुको प्रतिनिधिसभामा निकै न्यून सिट भएकाले वर्तमान सत्ता गठबन्धनलाई खासै फरक भने नपर्ने देखिन्छ ।  

किन जाग्यो कांग्रेस ?

उच्च राजनीतिक स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने विदेशी शक्ति(विशेष गरी भारत)को इशारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ गठबन्धन बनाउने अभियानमा जुटेका हुन् ।  

भारतका दूतहरुले केही दिनअघि सुटुक्क नयाँ दिल्ली पुगेकी देउवापत्नी आरजु राणा देउवालाई रास्वपादेखि एमालेसम्मलाई नयाँ गठबन्धनमा ल्याउने वचन दिएका छन् । कांग्रेसले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा उनले सरकार गठनको ३० दिनभित्र संसदमा विश्वासमा मत लिनुपर्ने र सो बेलासम्म नयाँ भत्काएर माओवादीबाहेकको अर्को गठबन्धन तयार गर्ने भन्दै देशी विदेशी शक्तिहरु सक्रिय छन् ।  

यहीबेला चीन लगायतका शक्तिहरु भने लामो समयको प्रयासपछि बनेको बाम एकताको माहौललाई बिग्रिन नदिने पक्षमा छन् । उनीहरु पनि अहिले बनेको गठबन्धनलाई टिकाइराख्ने दौडधूपमा सक्रिय छन् ।  

दुई ध्रुवमा देखिएका विदेशी शक्तिमध्ये कसको जादू कसरी चल्छ भन्ने कुराले नेपालको राजनीतिक अबको ३० दिनभित्र कता मोडिन्छ भन्ने कुराको निक्र्यौल गर्ने देखिएको छ । यसमा मुख्य गरी बाम घटकहरुको प्रतिबद्धता र कम्युनिष्टबीचको कार्यगत एकताप्रतिको इमानदारिताले समेत महत्वपूर्ण भूमिका खेल्ने नै छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.