काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त भएका छन् । जेठ २३ गते बसेको बेंकको सञ्चालक समितिको बैठकले वाग्लेलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्थाका सञ्चालकका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४ एव्म बैंकको नियमावलीको अधीनमा रहि सोही दिनदेखि लागू हुनेगरी स्वतन्त्र सञ्चालक नियुक्त गरिएको बैंकले जनाएको छ । वाग्लेको कार्यकाल ४ वर्षको हुनेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                