सोमबार, बैशाख ७,२०८३ 03:01:26
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 03:01:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास कार्यक्रम सुरु

Bizshala
स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास कार्यक्रम सुरु
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना र उदय परियोजनाको  सहकार्यमा स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास तालिम कार्यक्रम जेठ २८ गते विराटनगरमा सुुरु भएको छ । उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा शुभारम्भ भएको हो । 

तीन दिने तालिम कार्यक्रममा बोल्दै राउतले कोशी प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महासंघ कोशी क्रियाशिल रहेको बताउदै  नेपाल उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजना बीच भएको सम्झौता बमोजिम स्थानीय व्यवसायिक विकास परामर्शदाता मार्फत कोशी प्रदेशमा रहेका साना तथा मझौला उद्योग व्यवसायीको पूँजीमा पँहुच बढाई, लगानी तथा नवप्रवर्तन अनुकुल व्यवसायिक वातावरण सृजना गर्नका लागी यस प्रदेशमा सकृय साना तथा मझौला उद्योग व्यवसायीलाई लक्षित गरी व्यवसायिक विकास परामर्शदाता परिचालन गर्ने कार्यको शुभारम्भ भएको बताए  ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनले यस कार्यक्रमबाट जिल्ला÷नगर उद्योग बाणिज्य संघको क्षमता विकास, नेटवर्क विस्तार, समन्वय, तथा साना तथा मझौला उद्योगको दिगो विकास र विस्तार संगै व्यवसाय अनुकूल वातावरण निर्माणका गर्नका लागि सहकार्यको थालनी हुने बताए । महासंघ कोशीले केहि महिना अघिबाट, उपाय बिजिनेस सोलुसन सगको सहकार्यमा द्यम्क् सेवाको सुरुवात गरेको जानकारी दिदै उनले अहिले कृषि क्षेत्रका करिब १ दर्जन कृषि उद्यमीहरुको ब्याजमा अनुदान कर्जाको लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा सहजीकरण गरिरहेको उल्लेख गरे । व्यवसायिक विकास परामर्शदाताहरूको भूमिकाले कोशी प्रदेशमा रहेका जिल्ला÷नगर उद्योग वाणिज्य संघलाई संस्थागत आम्दानी वृद्धि, सदस्य व्यवसायीहरुमा सेवा प्रवाहले सन्तुष्टि, स्थानीय रोजगारी सिर्जना गर्ने बताए  ।

CG Motors
Garima Development Bank
IME remit

उदय परियोजनाका बिडीएस लिड बिष्णु काफ्लेले परियोजनाको बारेमा जानकारी दिदै साना तथा मझौला उद्यमीहरुको लागि व्यवसायिक विकास परामर्शदाताहरुको सेवाले व्यवसाय विकास, बजार नेटवर्क विस्तार, लगानी आकर्षण, सरकारी नीतिगत जानकारी, अनलाइन प्रणाली तथा नवप्रवर्तनमा महत्वपूर्ण भूमिका प्लेट फर्म रहने बताए । तीन दिन सम्म चल्ने उक्त कार्यक्रमको सहजीकरण उपाय बिजिनेस सोलुसन काठमाण्डौबाट साजन पाठक र बालाजी खनालले गरेका छन्  ।  

कार्यक्रममा कोशी प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघका ३० जना सचिवालय प्रमुख र स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको सहभागिता रहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.