बुधबार, भाद्र ३,२०८३ 01:05:26
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 01:05:26
Bizshala
Global IME Bank Limited

एयर इण्डियाको विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्रीको समेत निधन

एयर इण्डियाको विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्रीको समेत निधन
New Office

काठमाण्डौ । भारतको अहमदावादमा आज भएको एयर इण्डियाको ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा परी भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । भाजका राज्यसभा सांसद परिमल नाथवानीले एक्समा यसबारे जानकारी दिएका हुन् ।  

तथापी उनले यो पोष्ट केही समयमा डिलिट गरेका थिए । भारतीय मिडियाहरुले पूर्व मुख्यमन्त्री उक्त दुर्घटनामा बाच्न सफल नभएको बताएका छन् ।  

Bizshala
CG Motors

उक्त दुर्घटनामा १०० जनाकोे शव प्राप्त भएको जनाएको छ । धेरैजसो शवको पहिचान गर्न कठिनाई भईरहेको भारतीय मिडियाले लेखेका छन् । शवको पहिचान डीएनए परीक्षणपश्चात मात्रै हुने जनाइएको छ ।  

उक्त विमानमा ५३ जना बेलायत ७ जना पोर्चुगल र एकजना क्यानेडेली नागरिक सवार थिए । उक्त विमान आज दिउँसो साढे १ बजेतिर अहमदावादमा रहेको सिभिल हस्पिटलका इन्टर्न डाक्टरहरु बस्ने भवनमा ठोकिएको थियो । उक्त भवनमा ५०–६० जना इन्टर्न डाक्टर रहेको जनाइएको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.