मंगलवार, आश्विन १३,२०८३ 08:49:00
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:49:00
Bizshala
Global IME Bank Limited

वाणिज्य बैंकहरुले कमाए रु.४७.७९ अर्ब नाफा, १० वटाको बढ्यो

Bizshala
वाणिज्य बैंकहरुले कमाए रु.४७.७९ अर्ब नाफा, १० वटाको बढ्यो
New Office

काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफामा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको खुद नाफा १.६७ प्रतिशतले घटेको छ ।  

चालु आवको १० महिनासम्ममा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ८१ करोडढ २० लाख रुपैयाँ कम हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म आइपुग्दा आधा वाणिज्य बैंकको नाफामा सुधार देखिएको छ भने आधाको नाफामा संकुचन देखिएको छ । १० महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरी सबैभन्दा बढी नाफा कमाउने बैंक बन्न सफल भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको यो नाफा गत आवको तुलनामा २।५९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, ग्लोबल आइएमईले ५ अर्ब ३५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड, एभरेष्टले ३ अर्ब ९० करोड, नेपाल बैंकले ३ अर्ब २८ करोड, एनएमबी बैंकले २ अर्ब ६२ करोड, प्राइम कमर्सियलले २ अर्ब ५८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड, लक्ष्मी सनराइजले २ अर्ब १५ करोड, सिद्धार्थले २ अर्ब १ करोड, प्रभु बैंकले २ अर्ब १४ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ८७ करोड, राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब ७७ करोड, कृषि विकास बैंकले १ अर्ब ७३ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ३१ करोड, सिटिजन्स बैंकले १ अर्ब १८ करोड, हिमालयन बैंकले ६८ करोड ३४ लाख, कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ र एनआइसी एशिया बैंकले ४७ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

गत आवको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा नेपाल बैंक अगाडी रहेको छ ।बैंकले ४५७।१२ प्रतिशतले नाफा ग्रोथ गरेको छ । सो अवधिसम्म १० वटा बैंकको नाफा गत आवको तुलनामा बृद्धि भएको छ ।  

सबैभन्दा बढी नाफा घट्नेमा भने एनआइसी एशिया बैंक रहेको छ । बैंकको नाफा गत आवको तुलनामा ७७।८७ प्रतिशतले घटेको छ।  एनआइसी एशिया बैंकसहित १० वटा बैंकको नाफा गत आवको तुलनामा घटेको छ ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.